नेपाली सेनाद्वारा ताल व्यवस्थापन कार्यविधि स्थानिय ताल संरक्षण उपभोक्ता समूहलाई हस्तान्तरण 


१. चुरे संरक्षण दिवसको सिलसिलामा आज मिति २०७२ आषाढ ०३ गते राष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समितिका अध्यक्ष श्री रामेश्वर खनालज्यूको समुपस्थिपतिमा  नेपाली सेनाको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महानिर्देशक उपरथी     श्री सुरेन्द्र वहादुर कार्कीले सिरहा जिल्लामा रहेको बाबा ताल र देवीदह तालको ूताल व्यवस्थापन कार्यविधिू स्थानिय ताल संरक्षण उपभोक्ता समूहलाई हस्तान्तरण गर्नु भएको छ । 
२. नेपालको प्राकृतिक वनस्पति तथा वन्यजन्तु लगायतका जैविक विविधताको    संरक्षण र सम्बद्र्धन कार्यमा नेपाली सेना विगत लामो समयदेखि प्रत्यक्ष रुपमा संलग्न रही महत्वपूर्ण योगदान पु¥याउंदै आईरहेको अवस्थामा चुरे, तराई, भावर तथा मधेशमा रहेका राष्ट्रिय महत्वका सम्पदाहरुको संरक्षणमा नेपाली सेनालाई सहभागि गराउने निर्णय अनुरुप हालसम्म राष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समितिबाट सिराहा जिल्लामा रहेको बाबा ताल र देवीदह ताल तथा सप्तरी जिल्लामा रहेको लोहजरा तालको संरक्षण, सम्बद्र्धन र बिकास नेपाली सेनाले गर्दै आईरहेको थियो । 
३. नेपाली सेनालाई भविष्यमा पनि यस प्रकारका अवसरहरु प्राप्त भएमा आफुमा बिद्यमान पर्यावरण संरक्षण सम्बन्धी ज्ञान, शीप र अनुभवको भरपुर प्रयोग गर्दै समग्र चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धनमा ठोस योगदान पु¥याउन तत्पर रहेको छ । 
४. उक्त समारोहमा राष्ट्रपति चुरे तराई(मधेश संरक्षण बिकास समितिका अध्यक्ष तथा सदस्यहरु, स्थानिय प्रतिनिधिहरु, जिल्ला तथा सेक्टर बन कार्यालयका बन अधिकृतहरु, देवीदह सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष, बाबा ताल संरक्षण समितिका अध्यक्ष लगायत स्थानिय बासिन्दाहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।