प्रधानसेनापतिद्वारा पश्चिम पृतना हे.क्वा.अन्तरगतका युनिटहरुको        निरीक्षण भ्रमण 

१. आज मिति २०७२ आषाढ ०४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. द्वारा पश्चिम पृतना हे.क्वा. अन्तरगत गोरखा जिल्लामा अवस्थित भैरवीदल गणको मनकामना पोष्टको निरीक्षण भ्रमण गर्नु भएको छ । 
२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले भूकम्प पीडित तथा घाइतेहरुको लागि उक्त युनिटले हालसम्म गरेको कार्य तथा भावी योजना र वस्तुस्थिति लगायत युनिटको बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा युनिटका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै देश र समस्त देशवासीमाथि आईपरेको यस विपद्को कठिन घडीमा आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु हुंदै आप्mनो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता समेत कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 
३. उक्त पोष्टकोे निरीक्षण कार्यक्रम पश्चात प्रधानसेनापति श्री राणा आजै       पश्चिम पृतना हे.क्वा. पुुग्ने कार्यक्रम रहेको र भोली मिति २०७२ आषाढ ५ गते पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने भूकम्प प्रभावित लम्जुङ्ग जिल्लास्थित इलमपोखरी ईलाकाको स्थलगत निरीक्षण गर्नुको साथै भूकम्प प्रभावितहरुको उद्धार कार्यको लागि उक्त स्थानमा तैनाथ नेपाली सेनाको अस्थायी बेश क्याम्पको स्थलगत भ्रमण गरी जानकारी हांसिल गर्नुहुने कार्यक्रम रहेको छ ।