“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६७” को समुद्घाटन समारोह सम्पन्न

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले आज मिति २०६७ मंसिर १९ गते जंगी अड्डा परिसरमा अवस्थित खेल मैदानमा एक समारोहका बीच “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६७” को समुद्घाटन गर्नुभयो । २. सो अवसरमा सैनिक बिनय महानिर्देशक उपरथी श्री अनिल जंग थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । समारोहमा सहभागी सबै खेलाडीहरुद्वारा मार्च पाष्ट प्रदर्शन गरिएको थियो । ३. उक्त प्रतियोगिता अन्तर्गत आज सम्पन्न महिलातर्फको १०० मिटर र पुरुषतर्फको ४०० तथा १५०० मिटर दौडका फाईनल खेलका नतिजाहरु निम्न अनुसार रहेको छ ।
  • (क) महिलातर्फ १०० मिटर
    1. (१) मध्य पृतना मुख्यालयकी सिपाही रुपा खड्का ................. प्रथम
    2. (२) मद्दती फौजकी अमल्दार सुजाता प्रधान....................... द्वितीय
    3. (३) पश्चिम पृतना मुख्यालयकी उप सेनानी शान्ति आचार्य .... तृतीय
  • (ख) पुरुषतर्फ ४०० मिटर
    1. (१) विशेष फौजका सिपाही सन्त कुमार बुढा ............ प्रथम
    2. (२) पश्चिम पृतना मुख्यालयका सिपाही गजेन्द्र बोगटी .. द्वितीय
    3. (३) पश्चिम पृतना मुख्यालयका प्यूठ मुक्ति खड्का......... तृतीय
  • (ग) पुरुषतर्फ १५०० मिटर
    1. (१) विशेष फौजका सिपाही हरि कुमार रिमाल............... प्रथम
    2. (२) विशेष फौजका प्यूठ कल्याण बानियाँ ................... द्वितीय
    3. (३) मध्य पृतना मुख्यालयका सिपाही मोतिलाल चौधरी ...... तृतीय
४. आज सम्पन्न दौडका विजयी खेलाडीहरुलाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्नु भएको थियो । ५. नेपाली सेनाका ६ वटा पृतना, मद्दती फौज र विशेष फौज गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल र एथलेटिक्स गरी जम्मा चार बिधाहरु समावेश गरिने छ । साथै प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई सेना दिवसको अवसरमा “प्रधानसेनापति ट्रफि” प्रदान गरिने छ । ६. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, नेपाल सरकारका पदाधिकारीहरु र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।