प्रधानसेनापतिद्वारा पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. पश्चिम पृतना हे.क्वा. अन्तरगत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा आज मिति २०७२ आषाढ ०५ गते पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने भूकम्प प्रभावित लम्जुङ्ग जिल्लास्थित इलमपोखरी ईलाकाको स्थलगत निरीक्षण गर्नु भएको छ । 

२. पश्चिम पृतना हे.क्वा. अन्तरगत युनिटहरुको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री राणाले भूकम्प प्रभावितहरुको उद्धार कार्यको लागि सोही स्थानमा तैनाथ नेपाली सेनाको अस्थायी बेश क्याम्पको निरीक्षण गर्नु भई भूकम्प पीडित तथा घाइतेहरुको लागि उक्त स्थानमा तैनाथी फौजहरुले गरेको कार्यहरुबारे जानकारी लिनु भएको थियो । साथै उक्त अवसरमा सकलदर्जाहरुलाई देश र समस्त देशवासीमाथि आईपरेको यस विपद्को घडीमा आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गरी राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।