नेपाली सेनाले मित्रराष्ट्र रुसबाट नयां खरिद गरी ल्याएको  MI-17v5 हेलिकप्टरबाट विधिवत रुपमा सेवा शुभारम्भ     

  १. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६९ फाल्गुन १४ गतेको निर्णय अनुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि आवश्यक २ (दुई) गोटा हेलिकप्टर खरिद गर्ने स्वीकृती भए अनुसार मन्त्रिपरिषद्बाट पारित “नेपाली सेनाको लागि हेलिकप्टर खरिद सम्बन्धी कार्यविधी” को प्रावधान अनुसार मित्रराष्ट्र रुसबाट खरिद गरी ल्याएको अत्याधुनिक २ (दुई) गोटा Brand New MI-17V-5 हेलिकप्टर आज मिति २०७२ आषाढ ०७ गते एक बिशेष समारोहकाबीच सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाले प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.को समुपस्थितीमा विधिवत रुपमा सेवा शुभारम्भ गर्नु भएको छ ।  
३. उक्त अवसरमा नेपाली सेनाको हवाई महानिर्देशनालयका महानिर्देशक चालक उपरथी शतिस विक्रम शाहबाट नेपाली सेनाको हवाई क्षमता अभिबृद्धि गर्ने हेतुले मित्रराष्ट्र रुसबाट खरिद गरि ल्याईएका दुई नयां MI-17V-5हेलिकप्टरको बिशेषता तथा क्षमता सम्बन्धमा विस्तृरुपमा अवगत गराउनु भएको थियो । उक्त दुवै हेलिकप्टरको कल साईन NA 056 र NA 057 राखिएको छ । साथै, आजै उक्त दुवै हेलिकप्टरहरुबाट संमाननीय प्रधानमन्त्री श्री सुशिल कोइराला लगायत बिशेष समारोहमा उपस्थित बिशिष्ट व्यक्तिहरुको टोलीले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको झारलाङ्गमा भ्रमण एवं राहत सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । 
४. उक्त समारोहमा माननीय उपप्रधानमन्त्री बामदेव गौतम, माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत अर्थमन्त्री, संचारमन्त्री, परराष्ट्रमन्त्री, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रक्षा सचिव, पि.एस.ओज. तथा रथीबृन्द, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका महाप्रबन्धक, बिमानस्थल संचालक निर्देशक एवं संचारकर्मीहरुको उपस्थिती रहेको थियो । साथै, उक्त कार्यक्रममा मित्रराष्ट्र रसियाका महामहिम राजदुत  Mr. Sergey Vasilievich Velichkin  को समेत उपस्थिती रहेको थियो । 
५. उक्त नयां हेलिकप्टरहरु काठमाण्डौ ल्याउनु पूर्व नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयका प्रमुख उपरथी श्री शतिस विक्रम शाह सहित रक्षा मन्त्रालयको अधिकृत प्रतिनिधिसहितको १० जनाको प्राविधिक टोली मित्रराष्ट्र रुसको कजानस्थित Helicopter Plant Joint Stock Company मा गई हेलिकप्टर टेस्ट प्mलाईट गरी Preliminary Delivery Acceptanceसम्पन्न भएको थियो । सोही क्रममा नेपाली सेनाका हेलिकप्टर पाईलट तथा एभिएसन ईन्जिनियरको टोलीलाई १० दिनको रिफ्रेसर तालिम समेत प्रदान गरेको थियो । तत्पश्चात उक्त हेलिकप्टरहरु मिति २०७२ जेष्ठ २६ गते काठमाण्डौ ल्याईएको हो । त्यसैगरी मिति २०७२ आषाढ ०४ गते नेपाली सेनाको पाईलट तथा एभिएसन ईन्जिनियर र हेलिकप्टर कम्पनीबाट आएको प्राविधिक टोलीले नेपालमा परिक्षण उडान (Test Flight) गरी Final delivery acceptance    समेत गरिसकेको छ । 
६. उक्त नयां हेलिकप्टरहरु हाल नेपाली सेनाले प्रयोगमा ल्याईरहेको सोही प्रकृतिको हेलिकप्टरहरुभन्दा तुलनात्मकरुपमा केहि भिन्न र आधुनिक रुपमा परिमार्जित गरिएको छ । पहिलाको तुलनामा यस नयां हेलिकप्टरहरुमा १५०० उडान घण्टाबाट बढेर २००० उडान घण्टा भएको, Night Vision Compatible भएकोCockpit को  layout लाई  modification गरी  Pilot friendly बनाईएको,  साईड ढोका १ थप भएको र पछाडीको ¥याम्प डोर विगतमा Manual भएकोमा Cockpit बाटै खोल्न र बन्द गर्न मिल्ने भएको जसबाट Embussing  र Debussing तथा Evacuation
गर्न छिटो र सहज हुने छ । 
७. त्यसै गरी Brand new component जडित एवं क्यामोफलाईज कलरमा तयार गरिएको, दुई वटा ईन्जिन भएको, पहिलाको तुलनामा कम वजन भएको (७००० के.जी.),  Multi purpose role (VIP, Cargo, Para jump, सामान ओसारपसार लगायत अन्य विभिन्न कार्यहरु० मा प्रयोग गर्न मिल्ने, ६ हजार मिटर सम्मको उचाईमा सहज रुपमा उडान गर्न मिल्ने एवं ४ हजार के.जी. वा २६ जना यात्रु बोक्नसक्ने र ठुलो आयतन तथा लामो कार्गो सामानहरु एक ठाउंबाट अर्को ठाउंमा लैजानसक्ने क्षमता रहेको उक्त हेलिकप्टरको Ultimate Life २५ बर्ष रहेको छ । साथै, कम्पनीको नियमानुसार उक्त हेलिकप्टरहरुको वारेण्टी १ बर्ष वा ३०० उडान घण्टा जुन पहिले सकिन्छ त्यसलाई नै आधार मानिएको र उक्त अवधिभर मित्रराष्ट्र रुसबाट आएका ४ जनाको प्राविधिक टोली नेपालमा नै रहने गरी सम्झौता भएको छ ।   
८. नेपालको विकट भौगोलिक अवस्था, High Altitude र प्रतिकुल मौसममा बढी भार बोकी उडान भर्न सक्ने एवं पैदल फौजको निमित्त Operation Friendly  मथि उक्त हेलिकप्टरहरु थप हुनाले नेपाली सेनाको अपरेशनल र बन्दोबस्ती क्षमता अभिबृद्धि हुन जानुको साथै हाल मुलुकमा आइपरेको विपद् तथा भविष्यमा आईपर्नसक्ने यस प्रकारको कुनैपनि प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत कार्यमा तत्काल परिचालन गरी जनधनको क्षतिलाई न्यूनिकरण गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।