माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षाको लागि तैनाथ नेपाली सेनाको सुरक्षा बेशमाथि पहिरो 


१. अविरल बर्षाद्को कारण हिजो मिति २०७२ आषाढ ७ गते दोलखा जिल्लाको लामावगर गा.वि.स. ३ स्थित तल्लोवस्तीमा पहिरो जांदा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षाको लागि लामावगरमा तैनाथ नेपाली सेनाको बर्द वहादुर गण अन्तर्गत रहेको सुरक्षा बेश पुरिएको छ ।
२. उक्त पहिरोले नेपाली सेनाको ३ वटा बंकर घर, जवान लाइन, अधिकृत मेश, अप्रेशन रुम, खाद्यान्न स्टोर लगायत भान्छा पुरिएको छ । ठूलाठूला ढुंगाहरु सहितको सुख्खा पहिरो गएकोले आयोजनाको निर्माणको लागि नेपाली सेनाको क्याम्पभित्र बंकरमा सुरक्षितसाथ राखिएको बिस्फोटक पदार्थहरु पुरिन गई ठुलो बिस्फोट भएको थियो । उक्त बिस्फोटनबाट लामावगर सुरक्षा बेशको साथै मजदुरहरु बस्ने स्थान र माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको कार्यालय भवन तथा वरपरका केहि स्थानीय बासिन्दाको पक्की घरका ढोका र भ्mयालको सिसाहरु फुटेको छ । 
३. त्यसैगरी, पहिरो गएको थाहा पाई भाग्ने क्रममा पहिरोबाट खसेको ढुंगाहरुले लागि उक्त बेशमा कार्यरत ९ जना सैनिकहरु सामान्य घाइते भएका छन् । उपचार पश्चात् हाल घाइतेहरुको अवस्था सामान्य रहेको छ ।  
४. उक्त ईलाकामा भएको क्षतिको विस्तृत विवरण र गर्नुपर्ने ईन्जिनियरिङ टास्कहरुको अध्ययनको लागि आज मिति २०७२ आषाढ ८ गते नेपाली सेनाको ४ जनाको ईन्जिनियर्स टोली लामावगरस्थित बेश क्याम्पतर्पm प्रस्थान गरेको छ ।