नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)(२०७२ू अन्तर्गत त्रिशुली र बैरेनी केन्द्रको कार्यक्रम सम्पन्न   

१. नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल) अन्तर्गत त्रिशुली केन्द्र र बैरेनी केन्द्रको आज मिति २०७२ आषाढ ०९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले त्रिशुली र बैरेनीमा आयोजना गरिएको छुट्टाछुट्टै समारोहहरुको समुद्घाटन गर्नु भएको छ ।  
२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सो सम्मेलन अन्र्तगत त्रिशुली केन्द्रमा रसुवा र नुवाकोट जिल्लाका १५३५ जना भूतपूर्व सैनिक तथा २२८ जना एकल महिला गरी जम्मा १७६३ जनाको उपस्थिति रहेको थियो । त्यसैगरी बैरेनी केन्द्रमा धादिङ्ग जिल्लाका २०६१ जना भूतपूर्व सैनिक तथा २२३ जना एकल महिला गरी जम्मा २२८४ जनाको उपस्थिति रहेको थियो । 
३. कार्यक्रमको शुभारम्भमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा तत्पश्चात गएका पराकम्पनमा परी ज्यान गुमाएका नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त सैनिक एवं तीनका आश्रीत परिवारहरु लगायत सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरुकोे मृत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  
४. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले सम्बोधन गर्ने क्रममा हालै गएको विनाशकारी भूकम्पमा नेपाली सेनाले अन्य सुरक्षा एवं सरकारी निकायहरु, मित्रराष्ट्रका सैनिकहरु तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै जनताको जिउधनको रक्षा गर्न पु¥याएको अतुलनीय योगदानका कारण नेपाली सेनाको शीर अझ उचो भएको बताउनु भएको छ । वहांले नेपाल ईन्भेष्टमेन्ट बैंकसंगको सहकार्यमा नेपाली सेनाले सुदुर पश्चिम क्षेत्रबाट २०७० सालबाट शुभारम्भ गरेको लघुबित्त कार्यक्रम हाल सबै बिकास क्षेत्रहरुमा संचालनमा आईसकेको र अवकाश  प्राप्त सैनिकहरु एवं पारिवारिक निबृत्तभरणमा रहेका एकल महिलाहरुलाई रोजगारमूलक व्यवसाय संचालन गरी आय आर्जनमा अभिबृद्धि गराई हिताधिकारीहरुको जीवनस्तर उकास्ने उद्धेश्यकासाथ शुरु भएको यस कार्यक्रमबाट हालसम्म ५ हजार २३ जनाले रु. ६६ करोड ७३ लाख सहुलियत ऋण प्राप्त गरी सकेको समेत बताउनु भएको छ ।


५. सोही अवसरमा त्रिशुली केन्द्रमा प्रधानसेनापति श्री राणाले विनाशकारी भूकम्पबाट भएको अपूरणीय क्षतीमा आफ्ना सकल दर्जा एवं अवकाशप्राप्त सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका ब्यक्तिहरु मध्ये अवकाश प्राप्त सैनिक तथा एकल महिला गरी ११ जनालाई कल्याणकारी कोषबाट व्यवस्था गरिएको राहत रकम हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी भूतपूर्व सैनिकहरुलाई स्वःरोजगार बनाइ आर्थिक रुपले आत्मनिर्भर बनाउन, स्वाभिमानपूर्ण र समाजमा मर्यादित जीवनयापन गर्न कल्याणकारी वित्तिय प्याकेज (लघुवित्त कार्यक्रम) अन्तर्गत १० जना उद्यमीलाई रु. १ लाखदेखि ४ लाखसम्मको चेक हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै शारिरिक रुपमा अशक्त अवकाश प्राप्त सिपाही कृष्ण वहादुर पाण्डेलाई व्हील चियर प्रदान गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति श्री राणाले अवकाश प्राप्त सैनिक तथा पारिवारिक निवृत्तभरणमा रहेका व्यक्तिहरुसंग अन्तरक्रिया गर्नु भएको थियो । 
६. त्यसैगरी बैरेनी केन्द्रमा प्रधानसेनापति श्री राणाले भूकम्प पीडित १० जनालाई कल्याणकारी कोषमार्पmत घोषणा गरिएको राहत रकम प्रदान गर्नुको साथै शारिरिक रुपमा अशक्त अवकाश प्राप्त प्युठ. चन्द्र वहादुर रानालाई व्हील चियर प्रदान गर्नु भएको थियो । त्यसैगरी नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको संयुक्त सहकार्यमा व्यक्तिगत रुपमा विभिन्न किसिमका लघु व्यवसाय संचालन गर्न संचालित लघुबित्त आयोजनामा सहभागी हुने धादिङ्ग जिल्लाका १० जना भू.पू. सैनिकहरुलाई प्रधानसेनापति श्री राणा  र उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले चेक हस्तान्तरण गर्नु भएको थियो ।
७. नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल) अन्तर्गत त्रिशुली र बैरेनी केन्द्रमा संचालन भएको सम्मेलन आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने दुबै कार्यक्रमको शुरुमा कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत अबकाश प्राप्त रथी श्री चित्र बहादुर गुरुङ्गद्धारा स्वागत मन्तब्य राख्नु भएको थियो । 
८. यस किसिमको सम्मेलन एवं भेटघाट कार्यक्रमले नेपाली सेना र भूतपूर्व सैनिकहरुबीच सामिप्यता, सहकार्य, सहयोग र स्वावलम्बन एवं आत्मनिर्भर बन्नका लागि अभिप्रेरित गर्दै समग्रमा राष्ट्रिय हित एवं समुन्नतीमा हातेमालो गर्दै अगाडी बढ्ने अवसर प्राप्त हुनुको साथै प्राप्त राय सुझावहरुबाट नेपाली सेनाको कल्याणकारी कार्य योजनाहरु तयार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।