दुर्घटनाग्रस्त UH-1Y Huey हेलिकप्टरको अन्तिम छानवीन प्रतिवेदन नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाईएको 


१. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबाट खोज, उद्धार तथा राहत कार्यको लागि आएको  UH-1Y Huey हेलिकप्टरको २०७२ बैशाख २९ गतेको दिन सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.बि.स वडा नं. ३ मा दुःखद् दुर्घटना भएको थियो । उक्त दुर्घटना हुनुको सत्यतथ्य कारण पत्ता लगाउन मिति २०७२ जेष्ठ ६ गते नेपाली सेनाका प्रधानसेनापति महारथी श्री गौरब शम्सेर ज.ब.रा.को निर्देशनमा १५ सदस्यीय नेपाली तथा संयुक्त राज्य अमेरिकाको बिज्ञ टोली सम्मिलित संयुक्त छानवीन कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले २०७२ जेष्ठ ७ गतेबाट नै दुर्घटना सम्बन्धमा आफ्नो छानवीनको कार्य प्रारम्भ गरि आज मिति २०७२ असार ११ गते कार्यदलले तयार पारेको अन्तिम छानवीन प्रतिवेदन उक्त संयुक्त कार्यदलको तर्फबाट कार्यदलका अध्यक्ष चालक सहायक रथी सुधिर श्रेष्ठले नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री कृपाशुर शेर्पालाई बुझाएको छ ।
२. संयुक्त छानवीन कार्यदलले दुर्घटना हुनुको सम्भावित कारण कालिन्चोक पहाड श्रृंखलाको भौगोलीक बनोट र खराब मौसमको कारणले गर्दा अकस्मात् सो हेलिकप्टर बादलमा आई.एम.सि. ९क्ष्लकतचगmभलत (Instrument Meteorological Condition)मा प्रवेश हुन पुगि समुन्द्री सतहदेखि लगभग ११,२०० फिट अग्लो कालिन्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भू(भागमा ठोक्किएर दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको छ । त्यसैगरि संयुक्त छानवीन कार्यदलले सम्बद्ध निकायहरुलाई भविष्यमा यस्ता दुर्घटनाबाट बच्नको लागि केहि सुरक्षाका उपायहरु समेत सिफारिस गरेको छ ।