नेपाली सेनाको ध्यानाकर्षण

१. हालै केहि पत्रपत्रिका तथा बिद्युतिय संचारमाध्यमहरुमा “राज्यभित्रका राज्यहरु” शीर्षकमा प्रकाशित लेखप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. नेपाली सेना देश र जनताको सेवामा सधैं समर्पित स्थापनाकाल देखि नै देशको सार्वभौमिकता, स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ आप्mनो जिम्मेवारी वफादारी एवं निष्ठापूर्वक निर्वाह गर्दै आईरहेको संस्था हो । नेपाली सेना सदैव संवैधानिक प्रावधान अनुरुप नेपाल सरकारको मातहतमा रही नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई संयमित, सुझवुझपूर्ण एवं समन्वयात्मक ढंगले सम्पन्न गरी आप्mनो गौरवमय परम्परालाई कायम राख्न सफल  मुलुकको एक सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको सर्वविदितै छ । नेपाली सेना सकारात्मक परिवर्तनको संवाहक र सम्पूर्ण नेपालीको भरोसाको केन्द्रको रुपमा समेत स्थापित संस्था हो भन्ने तथ्य इतिहासको कालखण्डले पुष्टि गरिसकेको र यो हामी सबैमाझ छर्लङ्ग नै छ ।
३. नेपाली सेनाले आप्mनो सवल नेतृत्वको कारण हालै गएको विनाशकारी भूकम्पमा अन्य सुरक्षा निकायहरु एवं सरकारी कार्यालय÷विभाग÷मन्त्रालयहरु, मित्रराष्ट्रका सैनिकहरु तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै अहोरात्र नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न पु¥याएको योगदानको हरेक क्षेत्रबाट प्रशंसा भईरहेको यस अवस्थामा नेपाली सेनाको छविमा आंच पु¥याउने र सुरक्षा फौजको मनोवल गिराउने दुष्प्रयास प्रति नेपाली सेना सजग  रहेको छ । 
४. उक्त प्रकाशनमा नेपाली सेना स्वच्छ छवि भएको एक अराजनैतिक संस्था हो भन्ने बुभ्mदा बुभ्mदै पनि नेपाली सेनालाई शंकाको आधारमा राजनीतिमा तान्न खोजेको देखिन्छ । संवैधानिक सरकारको मातहतमा रहेको निकायको नेतृत्व पंक्तिसंग विना प्रमाण कुन हिसावले सशंकित हुन खोजिएको हो र नेपाली सेनाको चेन अफ कमाण्ड तथा नेपाली सेनाको संस्थागत कार्यशैली बुभ्mदै नबुझी नेपाली सेनालाई राज्यभित्रको राज्य भनि कुन्ठित अभिप्रायले लेख प्रकाशन गर्नु आपैmमा लज्जास्पद रहेको छ । नेपाली सेनाको मर्म, भावना र संस्थागत छविमा गम्भीर आघात पु¥याई एक अनुशासित र राष्ट्रियहितप्रति प्रतिवद्ध संस्थाप्रति आमजनसमुदायमा भ्रम सिर्जना गर्ने एवम् नेपाली सेनाप्रति जनताको आस्था, विश्वास, भरोसा र सम्मानमा आघात पुग्ने गरी यस प्रकारको निराधार, भ्रामक एवं आपत्तिजनक लेख प्रकाशित भएकोमा नेपाली सेना खेद प्रकट गर्दछ । 
५. तसर्थ, आम संचारमाध्यममा विषयबस्तुको गहिरो अध्ययनबिना यस किसिमको आधारहीन लेख प्रकाशन हुनु दुःखको कुरा हो । यसप्रकारका तथ्यहिन र गलत रुपमा अतिरञ्जित प्रचारप्रसारले प्रेश स्वतन्त्रता, सूचनाको हक एवम् संचार जगतको पेशागत मर्यादा र विश्वसनियतालाई समेत आघात पु¥याउने देखिन्छ । आगामी दिनमा यस प्रकारको तथ्यहिन लेख, रचना, समाचारहरु प्रकाशन गर्नुअघि त्यसलाई गम्भीर ढंगले मूल्यांकन गरी त्यसको अभिप्राय बुझेर मात्र प्रकाशन गर्नेतर्पm सम्पुर्ण संचार जगतलाई आग्रह गर्दै नेपाली सेना नेपाल र नेपाली जनताप्रति सधैं समर्पित रहने विश्वास दिलाउन चाहन्छ ।