नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ अन्तर्गत चौतारा र धुलिखेल केन्द्रको कार्यक्रम सम्पन्न 

  १. नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल) अन्तर्गत आज मिति २०७२ आषाढ १६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले चौतारा र धुलिखेलमा आयोजना गरिएको छुट्टाछुट्टै समारोहहरुको समुद्घाटन गर्नु भएको छ ।  
२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालित उक्त कार्यक्रम अन्तर्गत चौतारा केन्द्रमा सिन्धुपाल्चोक जिल्लाका ७५१ जना भूतपूर्व सैनिक   तथा १५० जना एकल महिला गरी जम्मा ९०१ जनाको उपस्थिति रहेको थियो । त्यसैगरी धुलिखेल केन्द्रमा काभ्रेपलान्चोक जिल्लाका १७०० जना भूतपूर्व सैनिक तथा ३०० जना एकल महिला गरी जम्मा २००० जनाको उपस्थिति रहेको थियो । 
३. कार्यक्रमको शुभारम्भमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा तत्पश्चात गएका पराकम्पनमा परी ज्यान गुमाएका नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त सैनिक एवं तीनका आश्रीत परिवारहरु लगायत सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरुकोे मृत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  
४. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले सम्बोधन गर्ने क्रममा हालै गएको विनाशकारी भूकम्पमा नेपाली सेनाले अन्य सुरक्षा एवं सरकारी निकायहरु, मित्रराष्ट्रका सैनिकहरु तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै जनताको जिउधनको रक्षा गर्न पु¥याएको अतुलनीय योगदानका कारण नेपाली सेनाको शीर अझ उचो भएको बताउनु भएको  छ । अवकाश प्राप्त सैनिकहरु एवं पारिवारिक निबृत्तभरणमा रहेका एकल महिलाहरुलाई रोजगारमूलक व्यवसाय संचालन गरी आय आर्जनमा अभिबृद्धि गराई हिताधिकारीहरुको जीवनस्तर उकास्ने उद्धेश्यकासाथ नेपाल ईन्भेष्टमेन्ट बैंकसंगको सहकार्यमा नेपाली सेनाले सुदुर पश्चिम क्षेत्रबाट २०७० सालबाट शुभारम्भ गरेको लघुबित्त कार्यक्रम हाल सबै बिकास क्षेत्रहरुमा संचालनमा आईसकेको बताउनु भएको छ । साथै निकट भविष्यमा नै बहालवाला सैनिकका परिवारहरुलाई समेत लक्षित गर्दै लघुवित्त कार्यक्रमहरु शुरु गरिने योजना रहेको एवम् नेपाल इन्भेष्टमेन्ट बैंक तथा बोर्डको संयुक्त सहकार्यमा बिनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाहरुका भूतपूर्व सैनिकहरुलाई बासस्थान निर्माणको लागि ४.५ प्रतिशत व्याजदरमा ीयध ऋयकत ज्यगकष्लन ँष्लबलअभ कार्यक्रम ल्याउने योजनामा रहेको बताउनु हुंदै नेपाली सेनाले संचालन गरेको कल्याणकारी कार्यक्रमहरुमा प्रत्यक्ष रुपमा सहयोग प्रदान गर्ने ईन्भेष्टमेण्ट बैंकलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । सम्मेलनकै क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले ती दुवै सम्मेलन केन्द्रमा उपस्थित भूतपूर्व सैनिकहरुसंग अन्तरक्रिया गरी राय सुझाव समेत लिनु भएको थियो ।
५. सोही अवसरमा चौतारा केन्द्रमा प्रधानसेनापति श्री राणाले विनाशकारी भूकम्पबाट भएको अपूरणीय क्षतीमा आफ्ना सकल दर्जा एवं अवकाशप्राप्त सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका ब्यक्तिहरु मध्ये अवकाश प्राप्त सैनिक तथा एकल महिला गरी ९ जनालाई कल्याणकारी कोषबाट व्यवस्था गरिएको राहत रकम रु. ५० हजार हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी भूतपूर्व सैनिकहरुलाई स्वःरोजगार बनाई आर्थिक रुपले आत्मनिर्भर बनाउन, स्वाभिमानपूर्ण र समाजमा मर्यादित जीवनयापन गर्न कल्याणकारी वित्तिय प्याकेज (लघुवित्त कार्यक्रम) अन्तर्गत १० जना उद्यमीलाई रु. १ लाखदेखि ४ लाखसम्मको चेक हस्तान्तरण गर्नु भएको थियो । 
६. त्यसैगरी धुलिखेल केन्द्रमा प्रधानसेनापति श्री राणाले भूकम्प पीडित १० जनालाई कल्याणकारी कोषबाट व्यवस्था गरिएको राहत रकम रु. ५० हजार हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको संयुक्त सहकार्यमा व्यक्तिगत रुपमा विभिन्न किसिमका लघु व्यवसाय संचालन गर्न संचालित लघुबित्त आयोजनामा सहभागी हुने काभ्रेपलान्चोक जिल्लाका १० जना भू.पू. सैनिकहरुलाई रु. १ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । 
७. उक्त सम्मेलनमा भूतपूर्व सैनिकहरुलाई सेवा प्रदायी गर्ने उद्धेश्यले स्वास्थ्य सेवा डेस्क खडा गरी भूकम्प पीडितहरुलाई उपचार सेवा प्रदान गरिएको थियो भने कानुनी परामर्श सेवा लगायत भूकम्प प्रतिरोधात्मक घर बनाउन परामर्श समेत दिईएको थियो । 
८. नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल) अन्तर्गत चौतारा र धुलिखेल केन्द्रमा संचालन भएको सम्मेलन आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने दुबै कार्यक्रमको शुरुमा कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत अबकाश प्राप्त रथी श्री चित्र बहादुर गुरुङ्गद्धारा स्वागत मन्तब्य राख्नु भएको थियो । 
९. यस किसिमको सम्मेलन एवं भेटघाट कार्यक्रमले नेपाली सेना र भूतपूर्व सैनिकहरुबीच सामिप्यता, सहकार्य, सहयोग र स्वावलम्बन एवं आत्मनिर्भर बन्नका लागि अभिप्रेरित गर्दै समग्रमा राष्ट्रिय हित एवं समुन्नतीमा हातेमालो गर्दै अगाडी बढ्ने अवसर प्राप्त हुनुको साथै प्राप्त राय सुझावहरुबाट नेपाली सेनाको कल्याणकारी कार्य योजनाहरु तयार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।