प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संग बेलायती सेनाका Maj General Richard Stanfordद्धारा भेटवार्ता

 
१. नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाका Support Command Headquarters का General Officer Commanding, Maj General Richard Stanford, MBE ले आज मिति २०७२ आषाढ १६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 
२. उक्त अवसरमा नेपाली सेना र बेलायती सेनाबीच रहँदै आएको आपसी सहयोग तथा द्धिपक्षिय पारस्परिक हितका बिषयमा छलफल भएको थियो ।