प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ कंगोमा खट्टि जाने फौजको निरीक्षण

१. आज मिति २०६७ कार्तिक ३० गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मा तैनाथ हुन जाने श्री श्रीनाथ गण (शान्ति सेना) १४ औं डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भयो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुँदै नेपाली र नेपाली सेनाको छवि उच्च राख्न आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने आशा लिएको बताउनु भयो । ३. कार्यक्रममा रक्षा सचिव श्री नविन घिमिरे, बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।