नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ सम्पन्न Sarangi Symphony नामक अडियो सि.डि. विमोचन

१.    प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यतामा नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ आज मिति २०७२    आषाढ २१ गते सु(सम्पन्न भएको छ ।
२.    नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालित उक्त कार्यक्रम अन्तर्गत आज काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका भू.पू. सैनिकहरुलाई लक्षित गरी लगनखेल केन्द्रमा संचालन भएको उक्त सम्मेलनमा ३ वटै जिल्लाका भूतपूर्व सैनिक तथा एकल महिला गरी जम्मा ७३९० जनाको उपस्थिति रहेको थियो ।
३.    कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. बाट गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा तत्पश्चात गएका पराकम्पनमा परी ज्यान गुमाएका नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त सैनिक एवं तीनका आश्रीत परिवारहरु लगायत ज्यान गुमाउने सम्पूर्ण देशवासीहरुको मृत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण गर्नु भई एक मिनेट मौनधारण गर्नु भएको थियो ।
४.    उक्त अवसरमा प्रधानसेनापति श्री राणाले सम्बोधन गर्ने क्रममा नेपाल एकीकरणको अभियानदेखिनै नेपाली सेना राष्ट्रप्रतिको अटुट योगदानका कारण नेपाली समाजमा एक भरपर्दाे शक्तिका रुपमा स्थापित भएको र हालै गएको विनाशकारी भूकम्पमा नेपाली सेनाले अन्य सुरक्षा एवं सरकारी निकायहरु, मित्रराष्ट्रका सैनिकहरु तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै जनताको जिउधनको रक्षा गर्न पु¥याएको अतुलनीय योगदानका कारण नेपाली सेनाको शीर अझ उचो भएको बताउनु भएको छ ।
५.    सैनिक कल्याणकारी कोष स्थापनाको पृष्ठभूमि स्मरण गर्दै उहाँले हिताधिकारीहरुको कल्याणका लागि विभिन्न क्षेत्रहरुमा सहयोग पु¥याउने उद्धेश्यले नेपाली सेनाबाट संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा खट्टिए बापत प्राप्त रकमबाट २०३२ सालमा १ करोड २४ लाख रुपैंयाँबाट शुरु भएको “सैनिक कल्याणकारी कोष” मा शान्ति सेनामा भएका पछिल्लो सहभागिताहरुबाट रकममा उल्लेखनीय बृद्धि भई २०७२ साल बैशाख मसान्तसम्ममा कोषको कुल रकम रु.३३ अर्ब ८८ करोड भएको जानकारी गराउनु भयो ।

६.    प्रधान सेनापति श्री राणाले सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, व्यावसायिक तालिम र वैकल्पिक रोजगारीलाई विशेष जोड दिँदै हिताधिकारीहरुको आर्थिकस्तर अभिवृद्धिको साथै आत्मनिर्भर बनाउनका लागि व्यापक रुपमा कल्याणकारी कार्यक्रमहरु शुरु गर्ने उद्धेश्यले ूसैनिक कल्याणकारी कोष, संचालन तथा व्यवस्थापन समितिू को मातहतमा रहने गरी नेपाली सेनाका बहालवाला, भूतपूर्व सैनिक तथा सम्बन्धीत बिषयका विज्ञहरु समावेश गरी ूनेपाली सेना कल्याणकारी बोर्डू को गठन भई कार्य संचालनमा आईसकेको र यस बोर्डले कल्याणकारी कार्यहरुलाई अझ व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिकहरु एवं तिनका परिवारहरुसमेत गरी हिताधिकारीहरुको संख्यामा समेत बृद्धि भई हाल करिब आठ लाख पुगेको बताउनु भयो ।
७.    त्यसैगरी अवकाश प्राप्त सैनिकहरु एवं पारिवारिक निबृत्तभरणमा रहेका एकल महिलाहरुलाई रोजगारमूलक व्यवसाय संचालन गरी आय आर्जनमा अभिबृद्धि गराई हिताधिकारीहरुको जीवनस्तर उकास्ने उद्धेश्यकासाथ नेपाल ईन्भेष्टमेन्ट बैंकसंगको सहकार्यमा नेपाली सेनाले सुदुर पश्चिम क्षेत्रबाट २०७० सालबाट शुभारम्भ गरेको लघुबित्त कार्यक्रम हाल सबै बिकास क्षेत्रहरुमा संचालनमा आईसकेको बताउनु भएको छ । साथै निकट भविष्यमा नै बहालवाला सैनिकका परिवारहरुलाई समेत लक्षित गर्दै लघुवित्त कार्यक्रमहरु शुरु गरिने योजना रहेको एवम् नेपाल इन्भेष्टमेन्ट बैंक तथा बोर्डको संयुक्त सहकार्यमा बिनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाहरुका भूतपूर्व सैनिकहरुलाई बासस्थान निर्माणको लागि ४.५ प्रतिशत व्याजदरमा Low Cost Housing Finance कार्यक्रम ल्याउने योजनामा रहेको बताउनु भयो ।
८.    त्यस्तै कल्याणकारी कोषद्धारा संचालित कल्याणकारी कार्यहरु मध्ये शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी सोही अनुरुप सैनिक कल्याणकारी कोषबाट प्रदान गरिंदै आएको निःशुल्क स्वास्थ्य सुविधालाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउने उद्धेश्यले महांकालस्थानमा ४५९ बेडको त्रि(चन्द्र मिलिटरी अस्पताल (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य समेत भईरहेको बताउनु भयो । त्यसैगरी शैक्षिक क्षेत्रमा सैनिक आवासिय महाबिद्यालय भक्तपुरमा संचालन भएको स्नातक तह एवं धरानमा संचालन भएको बिज्ञान बिषयको १० प्लस २ तथा पोखरामा संचालन हुन गईरहेको बिज्ञान बिषयको १० प्लस २ उल्लेखनीय रहेको बताउनु हुंदै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा आगामी बर्षबाट College of Medical Polytechnic संचालन गर्ने योजना रहेको समेत जानकारी गराउनु भएको थियो । सम्मेलनकै क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उपस्थित भूतपूर्व सैनिकहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भई राय सुझावह्रु लिनु भएको थियो ।
९.    सोही अवसरमा प्रधान सेनापति श्री राणाले विनाशकारी भूकम्पबाट निधन भएका तथा घरमा क्षति पुगेका पीडित नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरु मध्ये अवकाश प्राप्त भू.पु. सैनिक र एकल महिला गरी ९ जनालाई कल्याणकारी कोषबाट व्यवस्था गरिएको राहत रकम रु. ५० हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने बहालवाला सैनिक १ जनाको परिवारको सदस्यलाई राहत रकम रु. ३ लाख २५ हजार र १ जनालाई ६० हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।


१०.    सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणाको बिशेष पहल एवं सक्रियतामा स्वदेशी तथा विदेशी संघ संस्था, व्यक्ति एवं श्रीमती संघले विभिन्न समयमा गरेको