“प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट ट्रफि” सम्पन्न

१.    आज मिति २०७२÷०३÷२५ गते  सैनिक आवासिय महाबिद्यालय भक्तपुरमा आयोजित “प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट ट्रफि” को फाईनल खेल प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
२.    आयोजक वीरेन्द्र सैनिक आवासिय महाबिद्यालय टिम “ए” र टिम “बि” बीच भएको फाईनल खेल बर्षाका कारणले प्रभावित भए पश्चात Dukworth-Lewis Method  को आधारमा खेलाईएको ५ ओभरमा “बि” टिमले २३ रन बनाएको थियो भने प्रत्युत्तरमा आएको “ए” टिमले २४ रन बनाई विजयी भएको थियो । उक्त फाईनल खेलमा टिम “ए”का सरोज डल्लाकोटी ःबल या तजभ ःबतअज घोषित भएका थिए ।
३.    फाईनल खेलको समाप्तिपछि प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री ज.ब.रा.ले प्रथम हुने टिम “ए” लाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार रु.२५,०००।– (पच्चिसहजार) प्रदान गर्नुको साथै उक्त प्रतियोगितामा ःबल या तजभ क्भचष्भक टिम “ए” का दिनेश धनुक, द्यभकत द्ययधभिच टिम “बि” का आशिष चौलागाईलाई समेत पुरस्कृत गर्नु भएको थियो । यसैगरी बलाधिकृत रथी श्री राजेन्द्र क्षेत्री ले द्वितिय हुने टिम “बि” लाई १५ हजार  प्रदान गर्नु भएको       थियो । उक्त प्रतियोगितामा द्यभकत द्यबतकmबल हुनु हुने मनोज पण्डितको बैशाख १२ गते गएको भूकम्पमा परी निधन भएको थियो । उक्त प्रतियोगितमा प्रथम र द्वितिय हुने टिमको संयुक्त पुरस्कार रु.२५ हजार र १५ हजार गरि कुल ४० हजार र महाविद्यालय परिवारबाट रु. ६० हजार ५ रुपैया गरि कुल जम्मा रु. एक लाख ५ रुपैया स्व. मनोज पण्डितकी आमा लक्ष्मी पण्डितलाई प्रधानसेनापति ज.ब.रा.ले हस्तान्तरण गर्नु भएको थियो । 
४.    कुल १६ विद्यालय सहभागी रहेको उक्त प्रतियोगिता २०७१ माघ २५ गतेबाट शुरु भएको थियो । आज सम्पन्न फाईनल खेलमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक, सकलदर्जाहरु तथा महाविद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षिका तथा बिद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।