प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा नवनिर्मित ूप्रकृति संरक्षण शिक्षालय (Nature Conservation School)को समुद्घाटन

१.    नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज, कसरास्थित नवनिर्मित ूप्रकृति संरक्षण शिक्षालय             (Nature Conservation School)िू को आज मिति २०७२ आषाढ २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले एक विशेष समारोहका बीच शिलालेखको अनावरण गर्नुभई समुद्घाटन गर्नु भएको छ ।
२.    राष्ट्रिय सुरक्षाको धरोहरका रुपमा रहदै आएको नेपाली सेना प्रकृति संरक्षणका क्षेत्रमा समेत उत्तिकै क्रियाशील र प्रतिबद्ध रहदै आएको हालको परिपेक्षमा प्रकृति संरक्षण अभियानलाई अझै संस्थागत गरी आधुनिक प्रविधिमा आधारित संरक्षण मोडललाई आधुनिकिकरण गर्दै संरक्षण सहकार्य गर्ने सम्पूर्ण निकायहरुलाई एकै ठाउंमा ल्याउने साझा अवसर प्रदान गरी संरक्षणकर्मीहरुलाई संयुक्त रुपमा दीक्षित गराई व्यवसायीक क्षमता अभिबृद्धिका लागि सहयोग पु¥याउने उद्वेश्यकासाथ प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को परिकल्पना र ३१ औं वार्डेन सेमिनारको संकल्प प्रस्तावअनुरुप नेपाली सेनाले चितवनको कसरा क्षेत्रमा यस ूप्रकृति संरक्षण शिक्षालयू को स्थापना गरेको हो ।
३.    सोही क्रममा प्रधान सेनापति श्री राणाले शिक्षालयको स्थापना र संचालनले प्रकृति संरक्षणको क्षेत्रमा नयां आयाम थपिएको विश्वास व्यक्त गर्नुहुंदै प्रकृति संरक्षणलाई प्रमुख जिम्मेवारी मानेर भविष्यमा आधुनिक प्रबिधि र शैलीको प्रयोगमा जोड दिने र सुरक्षाकर्मीहरुको गुणात्मक क्षमता अभिबृद्धिगरि प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी बनाउदै लैजाने योजना रहेको जानकारी गराउनुभयो । त्यसैगरी दक्ष जनशक्ति निर्माण गर्न शिक्षालय सफल रहने र नव स्थापित शिक्षालयलाई थप पूर्वाधार विकास गराउंदै ऋभलतचभ या भ्हअभििभलअभ को रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य एवं मार्गचित्र एकदिन पूरा हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधान सेनापति श्री राणाले चुरे संरक्षणमा समेत नेपाली सेनाले योगदान पु¥याएको स्मरण गर्नुहुंदै प्रकृति संरक्षणमा आफ्नो योगदानलाई अझै व्यापक र प्रभावकारी बनाइने बताउनुभयो ।
४.    उक्त समारोहमा प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले संरक्षण सहकार्य गर्ने निकायहरु तथा व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो भने शून्य शिकार वर्ष लगायत संरक्षणमा उत्कृष्ट योगदान पु¥याउने नेपाली सेनाका पृतना÷बाहिनी÷गण÷गुल्महरुलाई समेत कदर पत्र प्रदान गर्नुभएको थियो ।
५.    उक्त कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री टीकाराम अधिकारीले प्रकृति संरक्षणमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गर्नुहुंदै धन्यवाद व्यक्त गर्नु भएको थियो भने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी श्री बाबुकृष्ण कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
६.    उक्त कार्यक्रममा बलाध्यक्ष रथी श्री राजेन्द्र क्षत्री लगायत अन्य रथीबृन्दहरु, वन तथा भू(संरक्षण मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, विश्व वन्यजन्तु कोष र जुलोजिकल सोसाइटी लण्डनका राष्ट्रिय प्रतिनिधीहरु, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, प्रमुख जिल्ला अधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, मध्यवर्ती क्षेत्र र समुदायमा आधारित चोरी शिकारी नियन्त्रण ईकाईका पदाधिकारीहरु लगायत उल्लेख्य मात्रामा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
७.    प्रकृति संरक्षणको क्षेत्रमा करिब ४ दशकअघिबाट जिम्मेवारी बहन गरिरहेको नेपाली सेनालाई यस शिक्षालयको स्थापना र संचालनसंगै प्रकृति संरक्षणको क्षेत्रमा नयां आयाम थपिनुको साथै प्रकृति संरक्षणजस्तो चुनौतिपूर्ण जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने व्यवसायीक, दक्ष र योग्य संरक्षणकर्मीहरु उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।