भूकम्प प्रभावित जिल्लाहरुमा तैनाथ नेपाली सेना ब्यारेक फिर्ता

१.    नेपाली सेना देश र जनताको सेवामा सधैं समर्पित स्थापनाकाल देखि नै देशको सार्वभौमिकता, स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ आप्mनो जिम्मेवारी वफादारी एवं निष्ठापूर्वक निर्वाह गर्दै आईरहेको छ । यसै सिलसिलामा मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प गए पश्चात नेपाली सेनाले अपरेशन “संकट मोचन” संचालन गरी प्रभावित जिल्लाहरुमा प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा भग्नावशेष व्यवस्थापन लगायत अन्य मानवीय सहयोग र जनहितका कार्यहरु गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न त्याग र समर्पणको भावनासहित निस्वार्थरुपले कटिबद्ध भई अहोरात्र खट्टिएकोले आमनागरिकहरुको दैनिकी क्रमिक रुपले सामान्यीकरण तर्फ उन्मुख हुंदै गई रहेको छ ।

३.    नेपाल सरकारको निर्देशन र नेपाल सरकारले तोकेको समयसीमा अनुरुप भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा अस्थायी बेश खडा गरी तैनाथ रहेको सबैजसो नेपाली सेनाको टोलीहरु आज मिति २०७२ आषाढ ३१ गते ब्यारेक फिर्ता भएको छ । तर नेपाल सरकारको भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलमा खट्टिएको र पुरात्तत्व विभागसंगको समन्वयमा पुरात्तात्विक महत्वका स्थानहरुमा खट्टि कार्यरत नेपाली सेनाको टोलीहरुले निरन्तर रुपमा कार्य गरिरहने छ ।

४.    नेपाली सेना यस राष्ट्रिय विपद्को समयमा नेपाली जनताको भरपर्दो आस्था तथा विश्वासको केन्द्रको रुपमा रही आएको एवम् नेपाल सरकारबाट निकट भविष्यमा हुन गईरहेको पुनर्निर्माण कार्यमा समेत कुनैपनि जिम्मेवारी प्राप्त भएमा त्यसलाई नेपाली सेनाले गहन ढंगले ग्रहण गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्ने र सधैं देश तथा जनताप्रति समर्पित रहने विश्वास दिलाउन चाहन्छ ।