प्रधानसेनापतिद्वारा मध्य पश्चिम पृतना हे.क्वा.अन्तरगत नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण

१. आज मिति २०७२ श्रावण ०४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगत बांकेको नेपालगञ्ज स्थित नं ४ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त बाहिनी अड्डामा हालको वस्तुस्थिति लगायत बाहिनी अड्डाको बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा बाहिनीपति लगायत सम्बन्धित अधिकृतहरुलाई निर्देशन दिनु हुदै प्रधानसेनापति श्री राणाले आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

३. उक्त बाहिनी अड्डाकोे निरीक्षण पश्चात प्रधानसेनापति श्री राणा भोली मिति २०७२ श्रावण ५ गते सैनिक सामाग्री उत्पादन निर्देशनालय अन्तरगतका युनिटहरु मकवानपुरको सुनाचरी स्थित सुनाचरी ईमल्सन प्लाण्ट तथा भिमफेदी स्थित बहु उद्देश्यीय प्लाष्टिक उद्योगको स्थलगत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।