प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा भिमफेदीस्थित श्री बहु उद्देश्यीय प्लाष्टिक उद्योग, कार्यालयको निरिक्षण

१. आज मिति २०७२ श्रावण ०६ गते प्रधानसेनापति महारथी श्री गौरव  शम्शेर ज.ब.रा.द्वारा नेपाली सेनाको श्री बहु उद्देश्यीय प्लाष्टिक उद्योग कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणकोे क्रममा प्रधानसेनापति श्री राणाले उक्त कार्यालयमा अवस्थित स्मारकमा माल्यापर्ण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो भने प्लाष्टिक उद्योगको निरीक्षण गरि विविध पक्षबारे जानकारी समेत लिनु भएको थियो । कार्यक्रमको शुभारम्भमा सैनिक सामाग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी श्री अजितवर सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

३. निरीक्षणको क्रममा सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति श्री राणाले आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गरी राष्ट्र र जनताको सेवामा सदैव दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्न निर्देशन दिनु भएको थियो । उक्त निरीक्षण भ्रमण कार्यक्रममा मध्य पृतनापति उपरथी श्री बलदेवराज महत, मध्य पश्चिम पृतनापति उपरथी श्री शेखर सिंह बस्न्यात लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

४. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।