क्षेत्रीय तहको United Nations Peacekeeping Operations Contingent Commander Course प्रारम्भ

१. संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयोजकत्वमा Global Peace Operations Initiative (GPOI) द्वारा संचालित क्षेत्रीय तहको United Nations Peacekeeping Operations Contingent Commander Course (PKOCC) आज मिति २०६७ मंसिर १९ गतेबाट काठमाण्डौंमा शुरु भएको छ । २. काठमाण्डौंस्थित याक एण्ड यती होटलमा संचालित यस तालिमको सैनिक विनय महानिर्देशक उपरथी श्री अनिल जंग थापाले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य दिनुहुँदै वहाँले बिद्यमान जटिल शान्ति स्थापना कार्यमा यस प्रकारको तालिमले मूलतः नेतृत्व तहका शान्ति सैनिकहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न महत्वपुर्ण योगदान पुग्ने कुरा बताउनु भयो । ३. सो अवसरमा शान्ति सेना संचालन निर्देशक सहायक रथी श्री श्याम बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भएको थियो । यसैगरि GPOI का तालिम निर्देशक Stein Ellingsen ले समेत यस तालिमको महत्वबारे प्रकाश पार्नुहुंदै आफ्नो मन्तव्य राख्नु भएको थियो । ४. GPOI का ६ जना बिषयगत बिज्ञहरु (Subject Matters Expert) द्वारा प्रशिक्षण दिईने यस तालिममा बंगलादेश, कम्बोडिया, इण्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स र थाईल्याण्डका १३ जना बिदेशी र नेपाली सेनाका १७ जना गरी ३० जना महा सेनानी, प्रमुख सेनानी र सेनानी दर्जाका अधिकृतहरुको सहभागीता रहेको छ । ५. आगामी पौष १ गते समापन हुने उक्त तालिमको प्रथम प्रवचनको अवसरमा नेपाली सेनाका अधिकृत तथा अमेरिकी राजदूतावासका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।