प्रधानसेनापति तथा सैनिक श्रीमती संघका अध्यक्षबाट डोटी जिल्लास्थित स्थानिय मा.वि.लाई खेलकुद तथा शैक्षिक सामग्री वितरण

१.    मिति २०७२ श्रावण ०७ गतेबाट डोटी जिल्लाको दिपायलस्थित सुदर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. तथा सैनिक श्रमिती संघका अध्यक्षबाट आज मिति २०७२ श्रावण ०८ गते डोटीको सिलुगढीस्थित श्री पद्म पब्लिक मुक्ति नारायण उच्च मा.वि.का बिद्यार्थीहरुलाई एक समारोहबीच बिद्यालय प्राङ्गणमा खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको छ ।
२.    उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री राजेन्द्र वहादुर कार्की, सुदुर पश्चिम पृतनापति उपरथी बिनोद श्रेष्ठ, रथीबृन्द, अधिकृतहरु, पदिक तथा अन्यदर्जाहरुको साथै सैनिक श्रीमती संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
३    उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।