बलाध्यक्षज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१.    आज मिति २०७२ श्रावण ०८ गते बलाध्यक्ष रथी श्री राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ ग्ल्ःक्ष्क्क् ःष्ककष्यल, दक्षिण सुडानमा तैनाथ हुन जाने श्री देवीदल गण (शा.से.) दोश्रो डफ्फा र ःइल्ग्क्ऋइ ःष्ककष्यल, ऋयलनय मा तैनाथ हुन जाने श्री नन्दाबक्स गण (शा.से.) २२ औं डफ्फाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन भएको एचभ(म्भउयिथmभलत तालिमको अन्तिम निरीक्षण गर्नु भएको छ ।
२.    उक्त अवसरमा बलाध्यक्ष रथी श्री क्षेत्रीले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा योग्य सैनिकको रुपमा परिचय गराई आप्mनो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी बिश्व शान्ति प्रति नेपालको प्रतिवद्धता सन्देश संसारमा फैलाउने कार्यमा सफल हुनेमा पुर्ण बिश्वास राख्दै पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

३.    सो अवसरमा सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै बलाध्यक्ष रथी श्री क्षत्रीले हालैको विनाशकारी भूकम्प तथा तत्पश्चात आएको पराकम्पनहरुबाट धनजनको अकल्पनीय क्षत्ती हुन पुगेका सम्पूर्ण शान्ति सैनिकहरुका परिवारजन तथा आफन्तहरु प्रति समवेदना प्रकट गर्नुहुंदै दैवी विपत्तिको यस कठिन घडीमा धैर्यता र संयमताकासाथ आप्mनो जिम्मेवारीमा कटिबद्ध रही बिषम् परिस्थितिमा समेत पीडितहरुको उद्धार र राहत वितरण कार्यमा अहोरात्र खट्टिनु भएका सकलदर्जाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । नेपाली सेनाको उच्च अनुशासन, अटल बफादारी, कार्य दक्षता तथा शान्ति कार्य प्रतिको प्रतिवद्धतालाई मुल्यांकन गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिशनहरुमा सहभागी हुन आव्हान गरे अनुरुप शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आप्mनो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेका उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै ग्ल्ःक्ष्क्क् र ःइल्ग्क्ऋइ ःष्ककष्यल चुनौतीपूर्ण भएको हुँदा संयुक्त राष्ट्रसंघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै काम गर्न निर्देशन समेत दिनु भएको थियो ।
४.    त्यसैगरी विगत ५७ वर्ष देखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म एक लाख भन्दा बढी शान्ति सैनिकहरू ४० वटा मिशनहरूमा खट्टिई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल १५ वटा विभिन्न मिशनहरूमा ४३७० शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नुहुंदै त्यस्तै नेपाली शान्ति सैनिकहरुले देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणताले आईपर्ने चुनौतिलाई प्रशंसनिय ढंगले पुरा गर्ने कुरामा विश्वास व्यक्त गर्नु भएको छ ।
५.    उक्त कार्यक्रममा रक्षा मन्त्रालयका सह सचिव श्री शिव प्रसाद सिंखडा, नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा सकलदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।