प्रधानसेनापतिद्वारा नवनिर्मित जंगी अड्डा सिग्नल केन्द्र तथा VSAT (Very Small Aperture Terminal) नेटवर्क हब स्टेशन भवनको समुद्घाटन

१.    आज मिति २०७२ श्रावण १० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले ू६३ औं सिग्नल दिवसू को अवसरमा नेपाली सेनाले प्रयोगमा ल्याएको Satellite Communication अन्तर्गत तोपखानास्थित सिग्नल तथा सूचना प्रविधि निर्देशनालय हाताभित्र नवनिर्मित जंगी अड्डा सिग्नल केन्द्र तथा भिस्याट नेटवर्क हब स्टेशनू भवनको समुद्घाटन गर्नु भएको छ ।

२.    प्रधानसेनापतिको भिजन स्टेटमेन्ट अनुरुप नेपाली सेनामा सिग्नल मिलापको बिद्यमान प्रणालीलाई थप आधुनिकिकरण गर्ने योजना अनुरुप ३ (तीन) चरणमा नेपाली सेनाका सम्पूर्ण पृतना÷बाहिनी÷गण÷गुल्म÷डिपो तथा शिक्षण संस्थाहरुमा जम्मा १३६ वटा Remote Stations संचालन भईसकेको तथा सिग्नल तथा सूचना प्रविधि निर्देशनालय हातामा Central Hub Stations जडान कार्य सम्पन्न गरी प्रयोगमा रहेको VSAT प्रविधि संचालनको निमित्त प्रधानसेनापति श्री राणाले नवनिर्मित जंगी अड्डा सिग्नल केन्द्र तथा भिस्याट नेटवर्क हब स्टेशन भवनको समुद्घाटन गर्नु भएको हो ।

३.    सोही अवसरमा प्रधानसेनापति श्री राणाले सिग्नलमा आप्mनो सैनिक सेवाको अमूल्य समय ब्यतित गर्नुभई समग्र सिग्नलको बिकास एवम् आधुनिकिकरणमा अतुलनिय योगदान पु¥याउनु भएका भेट्रान्स सिग्नलर्सहरु क्रमशः उपरथी (अ.प्रा.) श्री राजेन्द्र कुमार थापा, स.र. (अ.प्रा.) श्री दिगम्बर शम्शेर ज.ब.रा., स.र. (अ.प्रा.) श्री प्रल्हाद सिंह गुरुङ्ग र प्रा. सेनानी      (अ.प्रा) श्री श्याम ढकाललाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने सिग्नल तथा सूचना प्रविधि निर्देशनालयबाट SignalCommunication तथा Information Technology संग सम्बन्धीत ज्ञानबर्धक लेख तथा रचनाहरु समावेश गरी प्रकाशित सिग्नल जर्नल,अंक २ को विमोचन समेत गर्नु भएको थियो । सोही अवसरमा नवनिर्मित जंगी अड्डा सिग्नल केन्द्र तथा भिस्याट नेटवर्क हब स्टेशन भवनबाट प्रधानसेनापति श्री राणाद्धारा VSAT प्रविधिको प्रयोग गरी उपत्यका बाहिरका सम्पूर्ण पृतनापतिहरुसंग VideoConference समेत गर्नु भएको थियो ।  

४.    उक्त कार्यक्रमको शुभारम्भमा सिग्नल तथा सूचना प्रविधि निर्देशनालयका निर्देशक सहायक रथी श्री नवजीव शम्शेर ज.ब.रा. ले स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै सिग्नलले समय सापेक्ष मिलाप पद्धतीको अवलम्बन गर्दै हाल डाटा कम्यूनिकेशनबाट मिलाप प्रदान गर्दै आईरहेको जानकारी गराउनु हुंदै सूचना प्रविधिलाई सामरिक तथा अपरेशनल तहहरुमा निर्णय लिने औजारको रुपमा प्रयोग गर्नको निमित्त VSAT प्रविधिले थप सहयोग पु¥याउन सक्ने बारे प्रकाश पार्नु भएको थियो । 

५.    उक्त कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु लगायत  अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।