प्रधानसेनापतिबाट रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१.    नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७२÷०४÷०८ गतेकोे निर्णय अनुसार रथी दर्जामा पदोन्नती हुनु भएका मध्य पृतना हे.क्वा. का उपरथी श्री बलदेवराज महतलाई आज मिति २०७२ श्रावण १० गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई श्री बलाध्यक्षको कार्यालयमा पदस्थापन गरिएको छ ।  

२.    त्यसैगरी प्रधानसेनापति श्री राणाले उपरथी दर्जामा पदोन्नती हुनु भएका कलेज अफ कम्व्याटका सहायक रथी श्री प्रल्हाद थापालाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई सहायक बलाध्यक्षमा पदस्थापन गरिएको छ ।   

३.    यसैगरी प्रधानसेनापति श्री राणाले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका महा सेनानी श्री रघु भण्डारी, महा सेनानी श्री ज्योतिन्द्र बहादुर खत्री, महा सेनानी श्री राम शरण कार्की, महा सेनानी श्री नरेश चन्द्र भट्ट र प्रा.डा. महा सेनानी श्री रमेश बिष्टलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

४.    साथै, मन्त्रिपरिषद्को सोही बैठकको निर्णय अनुसार हाल बलाध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएका रथी श्री राजेन्द्र क्षेत्रीलाई बलाधिकृतको जिम्मेवारी सम्हाल्ने गरी बलाधिकृतको कार्यालयमा नियुक्ति गरिएको छ ।