Fire Rescue Service (FRS) र Throwing Type of Fire Extinguisher को Demonstration

१. आज मिति २०७२÷०४÷१० गते बलाधिकृत रथी श्री राजेन्द्र क्षेत्रीद्धारा जंगी अड्डा अगाडीको मैदानमा अत्याधुनिक जापानी प्रविधिबाट निर्मित अग्नी नियन्त्रक     (Throwing Type of Fire Extinguisher Firescue Brand) को प्रयोग र प्रभावकारिता बारे श्री विपद् व्यवस्थापन निर्देशनालयको संयोजकत्वमा आगलागीका घटनाहरुबाट हुने धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्धेश्यकासाथ प्रदर्शन गरिएको म्झयलकतचबतष्यल को प्रत्यक्ष अवलोकन गर्नु भएको छ ।

२. कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी श्री क्षेत्रीलाई फायर रेस्क्यु सर्भिस प्रा.लि. का कम्पनी निर्देशक श्री चिरञ्जीवी चुडालले Fire Rescue Service (FRS) / Throwing Type of Fire Extinguisher को बारेमा  संक्षिप्त जानकारी गराउनु भएको थियो भने Global Resource Aggregator Incorporate (GRAI Japan) का Chairman DAIKI IIDA बाट एचयमगअत सम्बन्धी जानकारी गराउनु भएको थियो ।

३. उक्त कार्यक्रममा डमी घरमा आगो लगाउने डेमोष्ट्रेशन, दाउराको खलियोमा आगो लगाउने डेमोष्ट्रेशन, तेल तताएर आगो लगाउने प्रर्दशनी, बाहिरी सतहमा लगाउने आगोको प्रदर्शनी र छाप्रोमा लागेको आगो निभाउने प्रदर्शनी गरिएको थियो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।