नेपाली सेनालाई २ ओटा Bobcat Skid-Steer Loader हस्तान्तरण

१.  आज मिति २०७२ श्रावण १२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यतामा जंगी अड्डा परिसरमा एक बिशेष समारोहका बिच शुभ पद्मश्री ईन्टरप्राईजेज प्रा.लि. को पहलतामा Bobcat India ले नेपाली सेनालाई उपलव्ध गराएको Bobcat Skid-Steer Loader गोटा(२ (दुई) को हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

 २.   उक्त समारोहमा शुभ पद्मश्री ईन्टरप्राईजेज प्रा.लि.का कार्यकारी निर्देशक श्री रोहिणी थपलिया र Bobcat India का प्रमुख कार्यकारी निर्देशक Mr. Venkataramana ले] उक्त Bobcat Skid-Steer Loader को] Miniature र सांचो प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा लाई हस्तान्तरण गर्नु भएको थियो ।

 ३.     गत बैशाख महिनामा गएको विनाशकारी भूकम्पको समयमा शुभ पद्मश्री ईन्टरप्राईजेज प्रा.लि. ले सैनिक श्रीमती संघमार्पmत भूकम्प पीडितहरुको लागि विविध राहत सामग्रीहरु (पाल, रेनसुट, टाटपोलिन, ब्ल्यांकेट, प्राथमिक उपचारका सामग्री आदी) वितरण गरेको थियो भने नेपाली सेनालाई भग्नावशेष व्यवस्थापनको लागि विभिन्न उद्धार सामग्रीहरु (Demolition Hammer and Pointed Chisels) उपलव्ध गराएको थियो ।

४.     उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको साथै  संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५.     यस किसिमको सहयोगले नेपाली सेनाको उद्धार तथा भग्नावशेष व्यवस्थापन कार्यमा थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।