नेपाली सेना कास्की जिल्लामा पहिरो पिडितको खोज तथा उद्धार कार्यमा सक्रिय

१.  मिति २०७२ श्रावण १३ गतेको राती परेको अविरल बर्षाको कारण गण्डकी अञ्चल कास्की जिल्ला भदौरे गा.वि.स. वडा नं.५ को घाँटीछिना र ठुलाखेतमा पहिरो गएको एवम् उक्त जिल्लाकै लुम्ले गा.वि.स. वडा नं.६ मा समेत गएराति परेको अविरल वर्षाका कारणवाट पहिरो गई ठुलो मात्रामा जनधनको क्षेती पुग्न गएको खवर प्राप्त हुनासाथ नेपाली सेनाको पश्चिम पृतना हे.क्वा.अन्तरगतको फौजहरु कास्की तथा पर्वत जिल्लावाट घटनास्थलमा तत्काल पुगी तदारुकताका साथ खोज एवं उद्धार कार्य गरीराखेको छ ।

 २.   उक्त घटनामा खोज एवं उद्धार कार्यको थप सहायताको निमित्त नेपाली सेनाको वेल हेलिकप्टर समेत काठमाण्डौंवाट घटनास्थलमा पुगी कार्य प्रारम्भ गरिसकेको छ ।

 ३.  नेपाली सेना कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरि जनधनको क्षतीको न्युनीकरण गर्न तत्काल परिचालित हुनसक्ने गरि सदैव तयारी अवस्थामा रहेको आमजनसमुदायमा बिश्वास दिलाउन चाहान्छ ।