2nd COAS National Tri-Marathon Competition-2072 सम्पन्न

१.     नेपाली सेनामा Adventure Sports संचालन गर्ने क्रममा आज मिति २०७२ श्रावण १४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आथित्यमा नेपाली सेनाले आयोजना गरेको 2nd COAS National Tri-Marathon Competition-2072सम्पन्न भएको छ ।

 २.     विश्व खेल जगतमा दिन प्रतिदिन नयाँ नयाँ साहसिक एवं रोमाञ्चक खेलप्रति खेल प्रेमीहरुको आर्कषण बढ्दै गएको हालको परिपेक्षमा नेपालको विविधताले भरिपूर्ण भुधरातलको अधिकत्म उपयोग गरी विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरु संचालन गर्ने क्रममा नेपाली सेनाले धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौदीसम्म यस किसिमको प्रतियोगिता संचालन गरेको हो । उक्त प्रतियोगितामा रनिङ्ग, साईक्लिङ्ग र ¥याफ्टीङ्ग खेल समावेश गरी संचालन गरिएको थियो भने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन क्लवबाट ४ वटा, APF को तर्फवाट १ वटा र गैर सैनिकको तर्फबाट ३ वटा टिम (Lalitpur Bike Station, KTM Bike Station, Himalayan Single Track) गरी जम्मा ८ टिमहरुको सहभागिता रहेको थियो । प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा जम्मा ३२ जना खेलाडीहरुले भाग लिएका थिए ।

 ३.     उक्त प्रतियोगितामा सहभागी टिमहरु मध्ये प्रथम हुने त्रिभुवन क्लवको टिम डिलाई कार्यक्रमका प्रमुख अतिथी प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले ट्रफि, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार रु. १ लाख प्रदान गर्नुभएको थियो । त्यसैगरि दोस्रो र तेस्रो हुने टिमहरु क्रमश नेपाली सेनाको त्रिभुवन क्लव टिम लाई बलाधिकृत रथी श्री राजेन्द्र क्षेत्री र टिम विलाई बलाध्यक्ष रथी श्री बलदेव राज महतले मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार रु. ७५ हजार र रु. ५० हजार वितरण गर्नुभएको थियो । साथै बांकी सहभागी टिमहरुलाई प्रधानसेनापति श्री ज.व.रा.ले प्रमाणपत्र समेत बितरण गर्नु भएको थियो । 

 

४.     उक्त प्रतियोगिताको प्रथम चरणमा ६.८ कि.मि. दौड, दोस्रो चरणमा २६.५ कि.मि. साईक्लिङ्ग र तेस्रो चरणमा १० कि.मि. ¥याफ्टीङ्ग गरी जम्मा दुरी ४३.३ कि.मि. रहेको थियो । प्रथम हुने त्रिभुवन आर्मी क्लव टिम डिले उक्त दुरी २ घण्टा २९ मिनेट १६ सेकेण्डमा पुरा गर्न सफल भएको थियो ।

 

५.     उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरु, साईक्लिङ्ग र ¥याफटीङ्ग संघका पदाधिकारीहरु, संचारकर्मी एवं अन्य खेलप्रेमी व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । 

 

६.     नेपाली सेनाले खेलकुदको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न स्तरको खेलकुद प्रतियोगितामा भाग लिदै आएको र यस किसिमको विशेष खेलकुद प्रतियोगिताको आयोजनाबाट आगामी दिनहरुमा अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको उच्च प्रदर्शन गर्न मद्धत पुग्ने मात्र नभई देशको युवा वर्गमा अनुशासन, भातृत्व तथा देशप्रेमको विकासका लागि प्रेरणा मिल्नुको साथै यस किसिमको Adventure Sports ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।