नेपाली सेनाको समन्वयमा अरनिको राजमार्ग खुलाउने कार्य जारी

१.    अविरल बर्षाको कारण अवरुद्ध नेपाल(चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी(खाडीचौरको विभिन्न स्थानहरुमा ठुलाठुला पहिरो आई अवरुद्ध भएको करिव ३७ कि.मि. सडकखण्ड खुलाउने कार्य आज मिति २०७२ श्रावण १६ गतेबाट नेपाली सेनाको समन्वयमा चीनियां सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको सहकार्यमा खुलाउने कार्य सुरु गरिएको छ ।
२.    नेपाल सरकारको निर्णय अनुसार नेपाली सेनाको नेतृत्वमा चीनियां सशस्त्र प्रहरीका ईन्जिनियरिङ्ग टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायलाई समेत समन्वय गरी आज देखि राजमार्ग खुलाउने कार्य शुरु गरिएको हो । 
३.    उक्त राजमार्ग खुलाउन मित्रराष्ट्र चीनका चीनियां सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन भएका छन् भने राजमार्ग खुलाउन मित्रराष्ट्र चीनबाट १९ वटा ईन्जिनियरिङ्ग ईक्यूप्मेन्ट र २० गोटा सर्पोटिङ्ग ईक्युप्मेन्टहरु गरी जम्मा ३९ गोटा ईक्युमेन्टहरु प्रयोगमा रहेका छन् । चीनियां सशस्त्र प्रहरीको टोलीले सिन्धुपाल्चोक जिल्लाको तातोपानी(खाडीचौर सडकखण्डको पहिरो हटाउन सहयोग गरी कार्य समाप्त नभएसम्म दैनिक कार्य गरी बेलुका आप्mनै देश फर्किने योजना रहेको छ ।
४.    नेपाली सेनाले उक्त कार्य अवधिभर समन्वयात्मक ढंगले सुरक्षा प्रदान गर्ने कार्य गरी करिव १५(२० दिनभित्रमा सम्पूर्ण पहिरो हटाई बाटो सूचारु गर्ने योजना रहेको छ ।  
५.    नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६० औं बर्षगाँठ समेत परेको यस अवसरमा थालिएको यस शुभ कार्यले अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सुचारु गर्नुको साथै दुई मित्र राष्ट्र बीच रहदै आएको मित्रवत सम्बन्ध अझ प्रगााढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।