प्रधानसेनापतिद्वारा मध्य पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण 

१. आज मिति २०७२ श्रावण १७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा सुर्खेतस्थित मध्य पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 
२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त पृतना हे.क्वा. को हालको वस्तुस्थिति लगायत पृतना हे.क्वा. को बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा प्रधानसेनापति श्री राणाले सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै विनासकमारी भूकम्पको दौरान नेपाली सेनाका सकलदर्जाहरुले प्रर्दशन गरेको कर्तव्यपरायणता, पेशागत व्यवसायिकता र सेवाभावका कारण नेपाली सेनाको गौरवमय ईतिहासमा एउटा सुनौलो अध्याय थपिएको जानकारी गराउनु हुंदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उक्त अवसरमा श्री राणाले मध्यपश्चिम पृतनाले गरेका कार्यहरुको प्रशंसा समेत गर्नु भएको थियो । 
३. साथै, उक्त निरिक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री राणा भोली मिति २०७२ साल श्रावण १८ गते काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।