मध्यपश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.काठमाण्डौ फिर्ता

१. मिति २०७२ श्रावण १७ गते मध्य पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले आज मिति २०७२ श्रावण १८ गते डोल्पा जिल्लाको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज  स्थित नेपाली सेनाको कालीदत्त गुल्मको भ्रमण गर्नु भएको छ । 

२. उक्त निरीक्षण भ्रमण कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी श्री शेखर सिंह बस्न्यात लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो । 

३. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।