मित्रराष्ट्र चीनद्वारा नेपाली सेनालाई प्रदान गरेको ५०० टेण्ट प्राप्त

१.    विनाशकारी भूकम्प तथा त्यसपछिको अविरल बर्षाको कारण नेपाल(चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी(खाडीचौर सडक खण्ड अवरुद्ध हुँदा मित्रराष्ट्र चीनद्वारा नेपाली सेनालाई प्रदान गरेको टेण्टहरु तातोपानीमै रोकिएको थियो । मित्रराष्ट्र चीनको PLA अन्तरगतको चिनीयाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीको सहकार्यमा उक्त राजमार्ग संचालन भए लगत्तै मित्रराष्ट्र चीनले नेपाली सेनालाई प्रदान गरेको ५०० वटा टेण्ट २०७२ श्रावण २३ गते बेलुका ढुवानी गरि काठमाडौं ल्याईएको छ ।

२.    मित्रराष्ट्र चीनले उपलब्ध गराएका उक्त टेण्टहरु ढुवानीका लागि नेपाली सेनाको टोली २०७२ श्रावण २१ गते तातोपानी तर्फ प्रस्थान गरेको थियो ।  मित्रराष्ट्र चीनले नेपाली सेनालाई प्रदान गरेका टेण्टहरुमा सेक्सन टेण्ट ४००, मेडिकल टेण्ट १०, कमाण्डर टेण्ट ४० र डाईनिङ्ग मेश टेण्ट ५० गरि जम्मा ५०० वटा रहेका छन् । उक्त टेण्टहरु ढुवानीका लागि नेपाली सेनाको ३३ वटा गाडीहरु प्रयोग गरिएको थियो ।

३.    प्राकृतिक विपत्ति लगायतका अवस्थामा महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र चीनसँगको यसप्रकारको सहकार्य र सहयोगबाट द्विपक्षीय हित तथा सम्बन्ध अझै बढी प्रगाढ र सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।