प्रधानसेनापतिबाट त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित भवनको समुद्घाटन

१.    आज मिति २०७२ श्रावण २४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले नेपाली सेनाको जंगी अड्डा स्थित त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित भवनको समुद्घाटन गर्नु भएको छ ।

२.    त्रिभुवन आर्मी अफिसर्स क्लवले आफ्नो सेवालाई क्रमशः विकास र विस्तार गर्दै लैजाने नीति अनुरुप नवनिर्मित उक्त भवनमा नेपाली सेनाका अधिकृतहरुको दैनिक प्रयोजनका निमित्त लाउन्ज, रेष्टुरेन्ट, वार, स्पोर्टस् वार, जिम, विलियर्ड, सोना, ज्याकुजी, स्पा र स्टीम रुमको समेत व्यवस्था रहेको छ ।

३.    उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।