प्रधानसेनापतिद्वारा सम्माननिय राष्ट्रपतिज्यूसंग शिष्टाचार भेट

१.     प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले बिदा बस्नु पूर्व आज मिति २०७२ श्रावण २४ गते राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. श्री रामवरण यादव र सम्माननिय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री शुसिल कोईरालासंग शिष्टाचार भेट गर्नु भएको छ ।
२.    यसै गरि शिष्टाचार भेटघाटकै क्रममा प्रधानसेनापति श्री राणाले मिति २०७२ श्रावण २२ गते उप राष्ट्रपति श्री परमानन्द झा, प्रधानन्यायधीश श्री कल्याण श्रेष्ठ र सभामुख श्री सुभासचन्द्र नेम्वाङ्गसंग समेत छुट्टाछुट्टै शिष्टाचार भेटघाट गर्नु भएको थियो । उक्त भेटघाटहरुमा बलाधिकृत रथी श्री राजेन्द्र क्षेत्री पनि साथसाथै उपस्थित हुनुहुन्थ्यो ।