सिरिया र माली मिशनमा तैनाथ शान्ति सैनिकहरुको सवारी साधन दुर्घटना

१.    संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNDOF -United Nations Disengagement Observer Force_ Mission  सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरु सवार ल्याण्ड क्रुजर जीप हिजो मिति २०७२ श्रावण २३ गतेको अन्दाजी १९३० बजे Hermon Base वाट Hermon South तर्फ जाने क्रममा Hermon South Post नजिक दुर्घटना भएको छ । 

२.    उक्त जीपमा सवार ८ जना नेपाली शान्ति सैनिकहरु मध्ये ३ जना घाईते भएकोले सामान्य उपचार पश्चात थप उपचारको लागि डा. अधिकृतको सिफारिसमा इजरायलको Zafat Hospital िमा पठाई भर्ना गरी उपचार भईरहेको छ । उपचाररत ३ जना घाइतेहरुको स्थिति हाल सामान्य रहेको र घटनाका सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान कार्य भइरहेको छ । 

 ३.    त्यसैगरी MINUSMA -United Nations Multidimensonal Integrated Stabilization Mission in Mali_ माली मा तैनाथ नेपाली शान्ति सैनिकहरुको इन्जिनियर टिमले हिजो मिति २०७२ श्रावण २३ गतेको ०९३० बजे Kidal Camp मा अवस्थित Airfield  मा  Mine Roller द्धारा Mechanical Clear गर्ने क्रममा एम.पि.भि. को बायां तर्पmको चक्का माइनमा परि विस्फोटन भई दुर्घटना भएको छ । उक्त घटनामा कुनैपनि मानवीय क्षति नभएको र घटनास्थललाई सुरक्षा प्रदान गरी घटनाबारे अनुसन्धान कार्य भइरहेको छ ।