प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी श्री राजेन्द्र क्षत्रीलाई बुझाउनु भएको

१.    प्रधान सेनापति नियमित अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले आज मिति २०७२ श्रावण २५ गते प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी श्री राजेन्द्र क्षत्रीलाई जंगी अड्डामा आयोजित एक समारोह बीच हस्तान्तरण गर्नु भएको छ ।

२.    देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित, गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा अविछिन्न ४२ बर्ष सेवा गरी प्रधान सेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधान सेनापति श्री राणा मिति २०७२ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नु हुनेछ । त्यसैगरी प्रधान सेनापति श्री राणा भोली मिति २०७२ श्रावण २६ गतेदेखि बिदामा बस्नुहुनेछ भने बलाधिकृत रथी श्री राजेन्द्र क्षत्रीले भोलीदेखि नै कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

३.    उक्त हस्तान्तरण समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द लगायत विभिन्न विभाग÷निर्देशनालयहरुका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको  थियो ।