प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा नेपाली सेनाका सकलदर्जाहरुलाई दिनु भएको सन्देश

१.    देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित, गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा अविछिन्न ४२ बर्ष सेवा गरी प्रधान सेनापतिको उच्च एवं गरिमामय ओहदाबाट मिति २०७२ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्न लाग्नु भएका प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले अवकाश पूर्व नेपाली सेनाका सकलदर्जाहरुलाई सन्देश दिनु भएको छ । 

२.    उक्त सन्देशमा प्रधान सेनापति श्री राणाले प्रधान सेनापतिमा नियुक्त भए लगत्तै नेपाली सेनालाई गतिशील एवं आधुनिक संगठनको रूपमा विकास गर्ने उद्देश्यले सेनाको आधुनिकीकरणको मार्ग चित्र Roadmap को रूपमा रहेको १० वर्षे दीर्घकालीन योजना तयार गरि राष्ट्रिय योजनामा समावेश गर्ने कार्य मन्त्रालयस्तरमा भइरहेको जानकारी गराउनुहुंदै १० वर्षे योजनाको महत्वपूर्ण  कार्य योजनाहरू मध्ये नेपाली सेनाको पुर्नढांचा Redesign प्रस्ताव नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको र भविष्यमा नेपाली सेनाको पुनर्संरचना Restructure को लागि आधार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

३.    त्यसैगरी विगतको स्मरण गर्दै प्रधान सेनापति श्री राणाले नेपाली सेनाले पुर्व लडाकुहरूको समायोजन तथा दोस्रो संविधानसभा निर्वाचनको दौरान निर्वाह गरेको महत्वपुर्ण भुमिकाले लोकतान्त्रिक पद्धतिलाई मजबुत तुल्याउन र शान्ति प्रक्रियालाई अघि बढाउन सहयोग पुगेको, १८ औं सार्क शिखर सम्मेलनको सुरक्षा तथा व्यवस्थापनको भुमिका समेत नेपाली सेनाले उत्कृष्ट ढङ्गबाट पुरा गरेको तथा दुर्गम एवं विकट स्थानहरूमा रहेका राष्ट्रिय महत्वका सडक निर्माण, प्रकृति संरक्षण र सम्बद्र्धन तथा प्राकृतिक विपद्का बेला राहत र उद्धार कार्यलाई प्रशंसनीय ढंगबाट निरन्तरता दिंदै आइरहेको हुंदा नेपाली सेनाप्रतिको जनविश्वास अभिवृद्धि हुंदै गइरहेको बताउनु भएको छ । त्यस्तै, नेपाली सेना राष्ट्रको पहरेदार एवं राष्ट्रिय हितको रक्षकको रूपमा रही आएको र हालैको विनाशकारी भुकम्प पश्चात सीमित स्रोत र साधनको बाबजुद नेपाली सेनाले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गर्दै राष्ट्र र राष्ट्रबासीको सेवामा अहोरात्र खट्टि प्रभावित क्षेत्रहरुमा गाउंस्तरसम्म व्यापक रूपमा परिचालित भई खोज, उद्वार तथा राहत कार्य संचालन गरी जनताको जिउ धनको रक्षा गर्न महत्वपुर्ण योगदान पु¥याउन सफल भएकोले सकल दर्जाहरूले प्रदर्शन गरेको कर्तव्यपरायणता, पेशागत व्यवसायिकता र सेवा भावका कारण नेपाली सेनाको गौरवमय इतिहासमा एउटा सुनौलो अध्याय थपिएको सन्देशमा उल्लेख गर्नु भएको छ ।

४.    त्यस्तै, नेपालको परराष्ट्र नीति अनुरूप नेपालको प्रतिनिधित्व गरी नेपाली सेनाले लामो समयदेखि विश्व शान्तिमा पु¥याएको योगदान अतुलनीय रहेको र विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा पु¥याएको योगदानको अन्तराष्ट्रिय समुदायबाट समेत प्रशंसा हुंदै आइरहेकोले नेपाली सेना आज संयुक्त राष्ट्रसंघमा एउटा भरपर्दो शान्ति सैनिकको पहिचान बनाउन सफल भएको बताउनु भएको छ । 
५.    त्यस्तै, बदलिंदो सुरक्षा चुनौतीहरूलाई सामना गर्न समयानुकुल सैनिक संगठन सुधार गर्न अपरिहार्य भएकोले विगत ३ वर्षमा नेपाली सेनाको संगठनात्मक सुधारको लागि नेपाली सेनाको मुलग्रन्थ Doctrine तयार गरिएको, नेपाली सेनालाई समयानुकुल आधुनिकीकरण गर्ने नेपाल सरकारको नीति बमोजिम सैन्य सामग्रीको आपुर्तिलाई तीव्र बनाई हवाई क्षमता विकास गर्ने उद्देश्यले हालै मात्र २ वटा एम.आई.१७ हेलिकप्टर खरिद गरिएको, जमिनी पारवहन Ground Mobility को क्षमता विकास गर्न मित्रराष्ट्र भारत सरकारबाट सहयोग स्वरूप ३७० र खरिद गरिएका १६५ गरी जम्मा ५३५ गाडीहरू प्राप्त भई वितरण गरिएको, मित्रराष्ट्र भारतबाट विगतमा बृहत शान्ति सम्झौताका कारण स्थगित भएको हातहतियार, गोलीगठ्ठा तथा अत्यावश्यक सैनिक सामग्रीहरूको आपुर्ति भइरहेको, विशेष फौजको अपरेशनल क्षमता अभिवृद्धि गर्न Special Equipments हरू खरिद गरिएको,  मिलाप प्रणालीलाई प्रभावकारी बनाउन नेपाली सेनामा माथिल्लो तहदेखि गुल्म तहसम्म पुर्णरूपमा VSAT(Very Small Aperature Terminal) Communication प्रविधि लागु गरिएको, नेपाली सेनामा समायोजन भई श्री राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तर्गत रहेका सकल दर्जाहरूको वृत्ति विकासका लागि आवश्यक योजनाहरूको तर्जुमा गरिएको, महिलाहरूको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले महिला सैनिक निर्देशिका र लैङ्गिक आचरण सम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याईएको सम्बन्धमा सन्देशमा उल्लेख गर्नु भएकोे छ ।

६.     त्यस्तै, प्रधान सेनापति श्री राणाले भु.पु. सैनिक र तिनका आश्रितहरूलाई सम्मानपुर्वक जीवनयापन गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कल्याणकारी कार्यक्रमहरू विकेन्द्रित गर्दै हिताधिकारीहरूको घरदैलोसम्म पु¥याउने उद्देश्य लिइएको बताउनु हुंदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा खट्टिए बापत प्राप्त रकमबाट वि.सं.२०३२ सालमा स्थापना गरिएको ूसैनिक कल्याणकारी कोषू को शुरूको रकम रू.१ करोड २४ लाखबाट वृद्धि भई २०७२ आषाढ मसान्तसम्ममा ३४ अर्ब ४ करोड पुगेको जानकारी गराउनु भएको छ । नेपाली सेनाको रगत पसिनाबाट निर्मित कल्याणकारी कोषबाट नेपाली सेनाले विभिन्न कल्याणकारी कार्यक्रमहरू अन्तर्गत ूभु.पु.सैनिक सम्मेलनू, ूनेपाली सेना कल्याणकारी बोर्डू गठन,  ूइपिसेन्टर कार्यालयू संचालन,  लघुवित्त कार्यक्रम, स्वास्थ्य सेवा, शिक्षा, व्यवसायिक तालिम, असक्त र असहायहरुलाई सहयोग, सेवा सुविधा, भूकम्प पीडितलाई राहत वितरण जस्ता कार्यहरु संचालन गर्दै आइरहेको बताउनु भएको छ । प्रधान सेनापति श्री राणाले सुदृढ र सुसंगठित नेपाली सेनाबाट मात्र राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन सम्भव भएकोले नेपाली सेनाको राष्ट्र र जनताप्रतिको निःस्वार्थ योगदान एवं गैर(राजनीतिक चरित्र, व्यवसायिकता तथा कर्तव्यपरायणता जस्ता मुल्य र मान्यतालाई निरन्तरता दिंदै आफुलाई सुम्पिएको दायित्व सशक्त ढंगबाट पुरा गरेका कारण नेपाली सेना देश र जनताको भरोसाको केन्द्र बनेकोे बताउनु हुंदै नेपाली सेनाले हाल चालिएका संगठनात्मक सुधारलाई भविष्यमा समेत निरन्तरता दिंदै आफुलाई समयानुकुल एवं आधुनिक संगठनको रूपमा विकास गर्दै निर्दिष्ट गरिएको दीर्घकालीन लक्ष्य हासिल गर्ने छ भन्ने कुरामा निश्चिन्त रहेको बताउनु भएको छ ।

७.    अन्त्यमा, प्रधान सेनापति श्री राणाले सकलदर्जाहरुबाट प्राप्त अमुल्य सहयोग, सद्भाव र सुझावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जा तथा परिवारको उज्जवल भविष्य र सुखी जीवनका लागि सपरिवारमा हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

For more COAS Speech