कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीद्वारा Conceptual Building Design Competition का उत्कृष्टहरुलाइ पुरस्कार प्रदान


१.    आज मिति २०७२ श्रावण २९ गते नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेना इन्जिनियर विभागद्धारा आयोजित Conceptual Building Design Competition का उत्कृष्ट ३ फर्महरुलाइ एक बिशेष समारोहका बीच नगद पुरस्कार तथा प्रशंसा—पत्र प्रदान गर्नु भएको छ ।
२.    गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको जङगी अड्डाको पूर्ननिर्माणका लागि गरिएको Conceptual Building Design Competition मा सहभागिताको लागि मिति २०७२ असार १४ गतेदेखि श्रावण ७ गतेसम्म समयावधी दिईएको थियो । सो अवधिमा जम्मा ११ वटा फर्महरुले सहभागिताको लागि आफ्नो नाम दर्ता गरेका थिए । दर्ता भएका फर्महरुले प्रस्ताव गरेका डिजाइनहरुको नेपाली सेनाका ११ र गैर सैनिक विशेषज्ञ १ जना सम्मिलित १२ जनाको जुरर टीमले मुल्यांकन गरि उत्कृट ३ फर्महरुको छनोट गरेको थियो ।
३.    जङगी अड्डामा आयोजित एक बिशेष कार्यक्रममा कायम मुकायम प्रधानसेनापति श्री क्षत्रीले छनोटमा प्रथम हुन सफल CaseConsult Pvt. Ltd का आर्किटेक्ट विष्णु पन्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार रु. २,००,०००।–, द्वितीय हुन सफल CE Services Pvt. Ltd. का आर्किटेक्ट विन्दिसा जोशीलाई प्रमाणपत्र तथा नगद रु.१,५०,०००।– र तृतिय भएको  A-not Architecture and Architects का आर्किटेक्ट दोमोदर आचार्यलाई प्रमाण पत्र तथा नगद रु. ५०,०००।– प्रदान गर्नु भएको थियो । सोही अवसरमा उहाँले छनोट प्रक्रियामा सहयोग पु¥याउनुभएका गेष्ट जुरर श्री वीरेश शाहलाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
४.    विनासकारी भूकम्पले क्षतिग्रस्त बनेको नेपाली सेनाको जंगी अड्डाको पूर्ननिर्माण गर्न प्रस्तुत Conceptual Design  हरुका बारेमा नेपाली सेनाका सम्बन्धित सबै विभाग र विशेषज्ञहरुसँग थप छलफल गरी अन्तिम डिजाइन तयार गर्ने योजना रहेको छ ।
५.    उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
६.    यस किसिमको प्रतिस्पर्धाबाट प्राप्त आर्किटेक्टहरुको प्रस्ताव र सोंचहरुले नेपाली सेनाको नयाँ बन्ने भौतिक संरचनाहरु थप आधुनिक तथा मजबुत बनाउन मद्यत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।