नेपाली सेनालाई सम्मान–पत्र प्रदान

१.    देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित, नेपाल राष्ट्रको पहरेदार, जनताको सुखदुखको साथी एवम् प्राकृतिक र मानवीय विपत्तिको समयमा अभिन्न उद्धारकर्ताको रुपमा चिरपरिचित नेपाली सेनाको अथक परिश्रम एवम् लगनशिलताको परिणामस्वरुप उत्कृष्ट ढंगबाट छोटो समयमा नै ूकालीगण्डकी करिडोरू को गुल्मी रिडिदेखी पालुङखोलासम्मको ४२ कि.मि. खण्डमा निर्माण कार्य भई यातायातका साधनहरु संचालन हुनाले स्थानीय जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको र बाग्लुङ खण्डमा मालढुंगा(टाकुरे १२ कि.मि. को सडकखण्डमा द्रुत गतिमा कार्य भईरहेकोले समग्र राष्ट्रको आर्थिक विकाश, पर्यटन प्रवद्र्धन र सांस्कृतिक क्षेत्रको समेत समुन्नति र विकासको निमित्त नेपाली सेनाले पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै गुल्मी तथा बाग्लुङबासी जनप्रतिनिधिहरुको तर्पmबाट आज मिति २०७२ भाद्र ०६ गते पूर्व मन्त्री श्री प्रदीप ज्ञवालीको नेतृत्वमा रहेको टोलीले आज एक विशेष समारोहका बीच का.मु. प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीलाई सम्मान–पत्र प्रदान गरेको छ । 
२.    उक्त सम्मान कार्यक्रमपश्चात का.मु. प्रधानसेनापति श्री क्षत्रीले गुल्मी तथा बाग्लुङ जिल्लाका स्थानीय बासिन्दाहरुको प्रतिनिधित्व गरी आउनु भएका प्रतिनिधिज्यूहरुलाइ हार्दिक आभार व्यक्त गर्नुहुंदै आगामी दिनहरुमा पनि यस किसिमको जनहितको कार्यहरुमा नेपाली सेनाको तर्पmबाट निरन्तर सहयोग प्रदान गरिने विश्वास व्यक्त गर्नु भएको थियो । 
३.    नेपाली सेनाले कालीगण्डकी कारीडोरको निर्माण कार्य २०७० बैशाख १९ गतेबाट सुरु गरेको थियो । नवलपरासी जिल्लाको गैंडाकोटदेखि मुस्ताङ जिल्लाको कोरलासम्म जोड्ने कालीगण्डकी करिडोर सडकखण्डको निर्माण कार्यअन्तर्गत यसअघि पनि नेपाली सेनाले २०५७ सालबाट सुरु गरी २०६८ सालमा बेनी(जोमसोङसम्मको ८५ कि.मि. (५(६ मिटरको सिङगल लेन) सडकखण्ड पुरा गरी सडक विभागलाई बुझाएको थियो भने ठाउंठाउंमा ७ वटा बेलिब्रिज समेत निर्माण गरेको थियो । 
३.    यस प्रकारको सम्मानले नेपाली सेनालाई आगामी दिनहरुमा विकास निर्माण सम्बन्धी कार्यहरु गर्न थप प्रेरणा मिलेकोे छ भने हाल नेपाली सेनाले कालीगण्डकी करिडोर, मैलुङ(स्याफ्रुबेशी सडकखण्ड, जाजरकोट(दुनै डोल्पा सडकखण्ड र कर्णाली करिडोर सडकखण्डमा कार्य जारी राखेको छ । हालसम्म नेपाली सेनाले करिव १२ सय ९० किलोमिटर भन्दा बढी रणनीतिक तथा सामरिक महत्वका सडक निर्माण गरि सकेको छ ।
४.    उक्त कार्यक्रममा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नु भएको टोलीमा पूर्वमन्त्री दिनानाथ शर्मा, माननीय सभासद प्रकाश पौडेल, माननीय सभासद श्रीमती सुवर्ण जुहारचन, पूर्व सांसद रुद्रमणी भण्डारी तथा सरोकार समितिका तर्पmबाट टिकाराम ढकाल र गोविन्द पोखरेल समेत उपस्थित हुनुहुन्थ्यो । साथै सो कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।