नेपाली सेनाद्धारा कालिका कन्सट्रक्सन प्रा.लि. लाई कदर–पत्र प्रदान

१.    बैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिर्जित भग्नावशेष व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी पुरा गर्न खट्टिएको नेपाली सेनालाई स्काभेटर र लोडरजस्ता हेभी ईक्युप्मेन्ट्सको अति आवश्यकता रहेको संकटपूर्ण अवस्थामा निःशुल्क रुपमा ३ महिनासम्म Caterpillar Excavator गोटा ४ र Caterpillar Backhoe Loader गोटा ४ उपलव्ध गराई नेपाली सेना लगायत अन्य सुरक्षा निकायले संयुक्त रुपमा संचालन गरिरहेको भग्नावशेष तथा जोखिमयुक्त घरहरु हटाउने कार्यमा अतुलनिय सहयोग पु¥याउनु भएका माननीय सभासद तथा कालिका कन्सट्रक्सन प्रा.लि. का प्रोपाईटर श्री विक्रम पाण्डेलाई आज मिति २०७२/०५/०६ गते का.मु. प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डा परिसरमा एक समारोहबीच नेपाली सेनाको तर्पmबाट कदर(पत्र प्रदान गर्नु भएको छ ।

२.    विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भग्नावशेष र खतरापूर्ण अवस्थामा रहेका संरचनाहरु हटाउन बिशेष कार्यदल गठन गरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरु परिचालन भएका थिए । सोही क्रममा नेपाली सेनाले काठमाण्डौ जिल्लाका १७, भक्तपुर जिल्लाका १४ र ललितपुर जिल्लाका १० गरी जम्मा ४१ वटा क्षतिग्रस्त पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेष व्यवस्थापन गरेको थियो भने काठमाण्डौमा ३४४, भक्तपुरमा ४८६ र ललितपुरमा ३२७ गरी जम्मा ११५७ वटा जोखिमपूर्ण घरहरु भत्काई भग्नावशेष व्यवस्थापन गरेको थियो ।

३.    उक्त प्रा.लि. द्धारा प्राप्त हेभी ईक्युप्मेन्टहरुले उल्लेखित भग्नावशेष तथा जोखिमयुक्त घरहरु हटाउन ठुलो सहयोग पु¥याएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत पदिक लगायत उक्त प्रा.लि. का कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।