बलाध्यक्षबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१.    आज मिति २०७२ भाद्र १४ गते बलाध्यक्ष रथी श्री वलदेव राज महतले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL Mission, लेवनानमा तैनाथ हुन जाने श्री गोरखदल गण       (शा.से.) ५७ औं डप्mफा र UNAMI, ईराकमा तैनाथ हुन जाने श्री Guard Unit V (A) को पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन भएको Pre-Deployment तालिमको अन्तिम निरीक्षण गर्नु भएको छ ।
२.    उक्त अवसरमा बलाध्यक्ष रथी श्री महतले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा योग्य सैनिकको रुपमा परिचय गराई आप्mनो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी बिश्व शान्ति प्रति नेपालको प्रतिवद्धता सन्देश संसारमा फैलाउने कार्यमा सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

३.    सो अवसरमा सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै बलाध्यक्ष रथी श्री महतले नेपाली सेनाको उच्च अनुशासन, अटल बफादारी, कार्य दक्षता तथा शान्ति कार्य प्रतिको प्रतिवद्धतालाई मुल्यांकन गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिशनहरुमा सहभागी हुन आव्हान गरे अनुरुप शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आप्mनो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेका उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै UNFIL UNAMI Mission  चुनौतीपूर्ण भएको हुँदा संयुक्त राष्ट्र संघको नीति र नियमहरुको अक्षरश पालना गर्न एवम् संयुक्त राष्ट्रसंघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै काम गर्न निर्देशन दिनु भएको थियो ।
४.    त्यसैगरी विगत ५७ वर्ष देखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म एक लाख भन्दा बढी शान्ति सैनिकहरू ४० वटा मिशनहरूमा खट्टिई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल १४ वटा विभिन्न मिशनहरूमा ४३६७ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नुहुंदै नेपाली शान्ति सैनिकहरुले देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणताले आईपर्ने चुनौतिलाई प्रशंसनिय ढंगले पुरा गर्ने कुरामा विश्वास व्यक्त गर्नु भएको छ ।
५.    उक्त कार्यक्रममा रक्षा मन्त्रालयका सह सचिव श्री शिव प्रसाद सिंखडा, नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा सकलदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।