मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री प्रकाशसिंह बोगटीलाई आज मिति २०७२ भाद्र १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।   

२. सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारणतर्पmका सहायक रथी श्री प्रकाशसिंह बोगटीले संस्थाप्रति पु¥याउनु भएको विशेष योगदान, संस्थाप्रतिको आस्था तथा ईमान्दारीताको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७२ भदौ १४ गते बसेको बैठकको निर्णय बमोजिम वहाँलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।    

३. त्यसैगरी, आजै कायम मुकायम प्रधानसेनापति श्री क्षत्रीले सोही मन्त्रीपरिषद्को निर्णयबाट बढुवा गरिएका लेखा म.से. भुवन बहादुर अधिकारीलाई लेखा सहायक रथीको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ ।