का.मु. प्रधानसेनापतिबाट त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित भवनको समुद्घाटन

१. आज मिति २०७२ भाद्र १८ गते का.मु. प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित एनेक्स "सी" भवनको विधिवत् रुपमा समुद्घाटन गर्नु भएको छ ।   

२. त्रिभुवन आर्मी अफिसर्स क्लवले आफ्नो सेवालाई क्रमशः विकास र विस्तार गर्दै लैजाने नीतिअनुरुप निर्माण गरिएको सो भवनमा नेपाली सेनालाई  विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहज भएको छ । सुविधासम्पन्न उक्त नवनिर्मित भवनमा शुभ कार्यक्रमहरु गर्न ईच्छुक सैनिक तथा गैर सैनिक व्यक्तिहरुलाई समेत सःशुल्क भवन उपलव्ध गराउने व्यवस्था समेत गरिएको छ ।  

३. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।