प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को सम्मानमा बिदाई कार्यक्रम सम्पन्न

१. आज मिति २०७२ भाद्र २१ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को सम्मानमा नेपाली सेनाको जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।   
२. देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित, गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा अविछिन्न ४२ बर्ष सेवा गरी प्रधान सेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधान सेनापति श्री राणा मिति २०७२ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नु हुनेछ । नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति श्री राणालाई आज एक विशेष समारोहबीच बिदाई कार्यक्रमको आयोजना गरिएको हो ।  

३. कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति श्री राणाको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो भने कार्यक्रमको क्रममा प्रधानसेनापति श्री राणा र कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीले आ(आप्mनो छोटो मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त मन्तव्यपश्चात् कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्री तथा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सम्झना स्वरुप उपहार आदान प्रदान गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको अन्त्यमा कायम मुकायम प्रधानसेनापति, पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुखहरु, पि.एस.ओज रथीबृन्द लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुले प्रधानसेनापति श्री राणालाई सम्मानपूर्वक बिदाई गर्नु भएको थियो ।  

४. उक्त बिदाई कार्यक्रममा माननीय मन्त्रीहरु, पूर्व मन्त्रीहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्द तथा अधिकृतहरु, आमन्त्रित बिशेष पाहुनावर्ग,परिवारजनहरुको साथै उल्लेख्य संख्यामा संञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको  थियो ।  

५. कायम मुकायम प्रधानसेनापति रथी श्री राजेन्द्र क्षत्रीलाई मिति २०७२ भाद्र २४ गते सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवबाट राष्ट्रपति भवन, शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई नेपाली सेनाको प्रधानसेनापतिको गरिमामय पदमा नियुक्ति गर्नु्हुने कार्यक्रम रहेको छ ।