अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

१. विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने योजना रहेको छ । २. सो दिवसको उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री छत्रमानसिंह गुरुङ्गले नेपाली सेनाका सकल दर्जाहरुलाई सन्देश दिनु भएको छ । सन्देशमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको सर्वमान्य सिद्धान्तलाई पूर्ण रुपमा पालना गर्दै सोको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले शुन्य सहिष्णुताको सिद्धान्त (Zero Tolerance Policy) अवलम्बन गर्दै आई रहेको उल्लेख छ । ३. सो दिवस मनाउने योजना अनुरुप निम्न विविध कार्यक्रमहरुको आयोजना गरिएको छ । (क) मिति २०६७/८/२६ गतेबाट २०६७/९/२ गतेसम्म हेटौडास्थित मध्य पृतना मुख्यालयमा मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन र UNSCR 1325 र 1820 सम्बन्धि तालिम संचालन गरिने । (.ख) विगत वर्षमा झैं नेपाली सेनाले प्रयोग गरेका सम्पूर्ण सवारी साधनहरुमा मानव अधिकार दिवस (१० दिसेम्बर २०१०) को अगाडी पछाडी गरि सात दिन "Nepalese Army Comitted to Human Rights" (नेपाली सेना मानव अधिकारप्रति प्रतिवद्ध छ) भनि लेखिएको स्टीकर टाँस्ने । (ग) मिति २०६७/८/२५ गते बिहान नेपाली सेनाका सम्पूर्ण निकायहरुमो अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा श्री प्रधानसेनापतिज्यूले दिनु भएको सन्देश पढेर सुनाउने ।