प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र रक्षा सचिव श्री ईश्वरी प्रसाद पौडेल बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र २५ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र नेपाल सरकार रक्षा मन्त्रालयका रक्षा सचिव श्री ईश्वरी प्रसाद पौडेलबीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । 

२. उक्त भेटघाटका क्रममा रक्षा सचिव श्री ईश्वरी प्रसाद पौडेल र प्रधानसेनापति श्री क्षेत्री बीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।