प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र भारतीय महामहिम राजदुत MR. Ranjit Rae बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र २५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौंस्थित भारतीय राजदुतावासका महामहिम राजदुत MR. Ranjit Rae ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति श्री क्षत्री र भारतीय महामहिम राजदुतबीच द्विपक्षिय आपसी हीत तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको थियो ।