नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम/अभ्यास Balance Nail 15-3014 संचालन

१. नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Forces को 3rd बटालियन 3st गु्रपबीच आज मिति २०७२ भाद्र २७ गतेदेखि छाउनी ईलाकामा Balance Nail 15-3014 तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) स्थित छाउनी, तालिम शिविर नगरकोट र पोखरास्थित फेवाताल ईलाकामा करिव १ हप्तासम्म संचालन हुने उक्त तालिममा Law of War, Human Rights, Tactical Combat Casualty Care, Humaintrain Assistance & Disaster Relief (HA/DR), Military Decision Making Process (MDMP), Basic Rifle Markmanship, Sniper Training, Boat Operations आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७२ भाद्र २४ गते US Air Force को C-130 हवाईजहाजबाट आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो । 

४. दुई देश वीचका सैनिकहरु सहभागी भई संचालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देश वीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।