प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र २७ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र  नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल प्रहरीका अन्य वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

२. यस किसिमको दुई सुरक्षा निकायको नेतृत्व वर्गको भेटवार्ताले आपसी समझदारी बढ्ने र सुमुधुर सम्बन्ध अझ प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।