प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र Republic of Korea का महामहिम राजदुत Mr. Choe Yong-jin बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र २८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौंस्थित Republic of Korea राजदुतावासका महामहिम राजदुत Mr. Choe Yong-jin ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र Republic of Korea का महामहिम राजदुतबीच द्विपक्षीय आपसी हितका बिषयहरुमा छलफल भएको थियो ।