प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र लोकसेवा आयोगका माननीय सदस्य डा. श्री गोविन्द कुसुमबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र २८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग लोकसेवा आयोगका माननीय सदस्य डा. श्री गोविन्द कुसुमले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र लोकसेवा आयोगका माननीय सदस्य डा. श्री गोविन्द कुसुमबीच नेपाली सेनामा बिद्यमान भर्ना प्रक्रिया सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।